पोखरा हटलाइन,
घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले घान्द्रुक़का पहिरो पीडितलाई राहत स्वरूप नगद रकम प्रदान गरेको छ। १५ लाख १हजार ७ सय ७० रूपैया नगद राहत रकम घान्द्रुकका समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक गुरूङ र घान्द्रुक समाजबेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले सुक्रवार संयुक्त रूपमा घान्द्रुकमा आयोजित एक कार्यक्रममा प्रदान गरेका छन । घान्द्रुकसमाज हङकङका अध्यक्ष दुर्गा गुरूङको नेतृत्वमा १२ लाख ९१ हज़ार ७ सय ७० र घान्द्रुक समाज बेलायतमा २ लाख १० हजार संकलनभएको थियो गत असार १ गतेको मध्यराती अन्नपूर्ण गाउँपालिका वड़ा नं १० र ११ का विभिन्न ठाउँमा पहिरोले २ घर बगाएर पूर्ण क्षति, २ घर उच्चजोखिम, ७ घर परिवारमा क्षति पुगेको थियो ।रोजगारीको शिलशिलामा हङकङ र बेलायत रहेका घान्द्रुक समाजमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी प्राकृतिक बिपतकोसमयमा पिडितलाई केहि राहत होस भनि रकम सहयोग गरिएको घान्द्रुक समाज हङकङका सचिव एवं कार्यक्रम संयोजक दीपकगुरूङले बताउनु भयो ।
राहत रकम पाउनेमा घर पूर्ण क्षति भएका चिजकुमारी र मैतसिं गुरूङको परिवारलाई हङकङको तर्फ़बाट ४ लाख १६ हजार ७ सय ७० रबेलायतको तर्फ़बाट १ लाख २० हजार, हरिकला गुरूङलाई १ लाख र छबी राना मगरलाई हङकङको तर्फ़बाट १ लाख र बेलायतकोतर्फ़बाट ४० हजार नगद सहयोग प्रदान गरिएको छ । त्यसै गरी पहिरोको उच्च जोखिम रहेका विस्थापित भएका बुद्वीबहादुर परियार र मनभुजा परियारलाई जनहि हङकङको तर्फ़बाट १ लाख र बेलायतको तर्फ़बाट २० हजार रकम उपलब्ध गराईको थियो । त्यस्तै घर चर्केरक्षति भएका रामप्रसाद गुरूङ, दीपक गुरूङको परिवारलाई जनहि ५० हजार, कमला जैसी, रोजन बिक, टेकबहादुर पौडेल, राजमानगुरूङ र खड़कबहादुर जैसीलाई जनहि ३५ हजार प्रदान गरिएको कार्यक्रम संयोजक गुरूङले बताउनु भयो ।
स्थानीय रोधी क्लब घान्द्रुकको सभाहलमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकको किम्चे स्थित श्री जनप्रेमी आधारभुतबिधालय पुनर्निमाणको लागि घान्द्रुकका समाज हङकङले २ लाख र बेलायतले ५० हजार रकम उपलब्ध गराएको छ । सो रकमकार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर घान्द्रुकका समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक कुमार गुरूङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले बिधालय व्यवस्थापन समितिका अध्यक्षचन्द्रबहादुर बिक, भवन निर्माण समितिका अध्यक्ष सोमप्रसाद गुरूङ र बिधालयका प्रअ बाबुराम सापकोटालाई संयुक्त रूपमाहस्तान्तरण गरेका थिए । घान्द्रुक समाज बेलायतले अन्नपूर्ण क्लब किम्चेको भवन निर्माणका लागि ५० हजार रक़म उपलब्ध गराएको छ।कार्यक्रममा पहिरोबाट प्रभावित ११ घरपरिवारलाई ११ बण्डल रंगिन कर्कटपाता गाउँपालिकाको तर्फ़बाट अध्यक्ष युवराज कुँवरलेवितरण गर्नुभएको थियो ।
अध्यक्ष कुँवरले रोजगारीको सिलसिलामा देश बिदेशमा रहेर पनि आफ्नो गाँउठाँउमा बिपत पर्दा गरेको सहयोग प्रशंसनीय भएकोलेसहयोगीदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताउनु भयो । रोधी क्लब घान्द्रुकका अध्यक्ष पूर्ण गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुन गुरूङ, चन्द्र गुरूङ, दीपक गुरूङ र रोधी क्लबघान्द्रुकका सचिव राजबहादुर गुरूङ लगाएतले पहिरोबाट विस्थापित गाउँबासीका परिवारलाई केहि मात्रमा भएपनि राहत पुगोस भनिआर्थिक सहयोग गर्न पाँएकोमा सन्तुष्टि मिलेको बताउनु भयो ।
Comments are closed.