पोखरा,१ माघ/ पोखराको घार्मीमा विद्युत सर्ट हुँदा मंगलबार राती पूर्णबहादुर वि.क.को घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र राखिएका खाद्यान्य तथा अन्य सामाग्री पनि जलेर नष्ट भएका छन् । स्थानियबासीको सक्रियतामा करिब दुई घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।
सम्पत्तिका नाममा घरमात्र भएका वि.क.को परिवार घर पूर्ण रुपमा जलेर नष्ट भएपछि विस्थापित भएका छन् । उनी सहित ६ जनाको परिवार अहिले आफन्तको घरमा शरण लिएका छन् । दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका वि.क. भएको घर र कमाएको अन्नपात पनि नष्ट भएपछि बिचल्लीमा परेका छन् ।
आगलागीबाट दुईलाख बढीको क्षति पुगेको स्थानियबासीले बताएका छन् । उनले बास निर्माणको व्यवस्था मिलाईदिन विभिन्न सामाजिक संघ संस्था संग आग्रह समेत गरेका छन् । आगलागीबाट सबै सम्पत्ती नष्ट भएकोमा दुःख व्यक्त गर्दै नेकपा एमाले लामाचौरका उपाध्यक्ष डिल्लीराम पौडेलले वि.क.लाई सहयोग गर्न सबैलाई आग्रह गरे । वि.क.लाई रेडक्रस सोसाईटी कास्कीले भाँडा वर्तन, खाद्यान्य सामाग्री सहयोग गर्ने जनाएको छ ।
Comments are closed.