घुस लिँदा लिँदै यसरी पक्राउ परे पौडेल (भिडियो पनि)

पोखरा, २६ चैत-
पोखरा उपमहागनरपालिका एक कर्मचारीलाई घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको छ ।

पोखरा– पोखरा उपमहानगरपालिकाका कर्मचारी भरतराज पौडेललाई १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले विहिबार पक्राउ गरेको छ । बिहीबार दिउँसो पौडेलले सेवाग्राही नेपालभुषण थापासँग १० हजार रुपैयाँ घुस लिँदालिँदै आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले समातेका हुन् ।

थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि दिएको निवेदनको फाइल अगाडि बढाउन आग्रह गर्दा कर्मचारी पौडेलले घुस मागेका थिए ।

थापाले १ वर्ष अघिदेखि दिएको निवेदनउपर घुस नदिएकै कारण कारवाही अघि नबढेको बताए । कानुनअनुसार श्रीमतीले सम्बन्ध विच्छेदका लागि सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्ने प्रावधान छ । पुरुषले भने स्थानीय निकाय हुँदै जानु पर्ने प्रावधान छ ।

– भिडियो: राजेन्द्र अधिकारी

Comments are closed.