घोडचढी प्रतियोगिताको उपाधि करण चौधरीलाई

पोखरा, चैत २१ गते । पर्वतीय खेलकुक महोत्सव अन्र्तगत नेपाल घोडचढी संघको आयोजनामा शनिबार पोखरामा सम्पन्न तेस्रो घोडचढि प्रतियोगितामा करण चौधरी प्रथम भएका छन् । पोखरा रगंशालाको मैदानमा सम्पन्न हर्स सो जम्ममा मेकविक्रम चौधरी दोस्रो र रामचन्द्र कटुवाल तेस्रो भए ।

horse 5 copy

यता प्रतियोगिता अन्र्तगत हर्स हाइजम्पमा रामकृष्ण अधिकारी प्रथम, करण चौधरी दोस्रो र मेकविक्रम खड्का तेस्रो भए । त्यस्तै पोनि रेसमा लक्ष्मण गौतम प्रथम, आपु लामा द्धितिय र मनोज गौतम तृतिय भए ।

प्रतियोगितामा हर्स सो जम्प र हाइजम्पका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । भने पोनी घोडा रेसमा प्रथम हुनेले १५, १० र ५ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल जानकारी दिए ।

प्रतिायोगितामा काठमाडौ र पश्चिमाञ्चलका जिल्लाबाट ९ जनाले सहभागीता जनाएका थिए । पछिल्लो समयमा घोडाहरु लोपहुने क्रम बढेका कारण संरक्षणका लागी प्रतियोगिता गरिएको प्रतियोगिताका संयोजक लोकजंङ्ग लामाले बताउनुभयो । विजेता खेलाडिलाई पश्चिम पृतना विजयपुर ब्यारेका पृतनापति पदमविलास कार्कीले पुरस्कार वितरण गर्नुभयो ।

Comments are closed.