पोखरा, ३२ जेठ
कास्कीको कालिका गाविसमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । कालिका गाविस वडा नं १ आरुपाटामा शनिबार दिउसो परेको चट्याङ लागेर खेत रोप्दै गरेकी स्थानीय ४० बर्षिय लक्ष्मी विकको ज्यान गएको हो ।
सोही ठाउँका राधा तिमिल्सिना, मैयाँ विक, धना विक, नारायणी पौडेल, विष्णु तिमिल्सेना र शान्ति तिमिल्सेना घाईते भएका छन् । उनिहरुको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भईरहेको छ । घाईतेमध्ये राधा र धनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
Comments are closed.