चट्याङ लागेर लेखनाथमा एकको मृत्यू

लेखनाथ २९ जेठ / कास्की जिल्ला कालिका गाविस बडा नं ५ देउमाडी निबासी ४८ बर्षीय टेक बहादुर जिसीको चट्याङ लागेर ज्यान गएको छ । विहिबार दिउँसो घाँस काट्न भनि निश्कीएका जिसी घर भन्दा करिव दुई सय मिटर पर मृत अवस्थामा भेटीएका थिए ।
विहिबार राती अबेरसम्म घर परिबारले खोजी गर्दासमेत नभेटीएका जिसी शुक्रबार बिहान बारीमा आफुले ओडेको स्याखु र घाँससहित मृत अवस्थामा भेटिएको स्थानीय चित्रबहादुर जिसीले जानकारी दिए ।
जिसीको सवलाई डाँडाकोनाकबाट गएको प्रहरीको टोलीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमाटम गरी शुक्रबार नै रामघाट सेती नदी किनारामा दहासस्कार गरिएको छ । स्वर्गीय जिसीका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

Comments are closed.