कास्की २३, बैशाख
भूकम्प पीडितका लागि राहत सामाग्री अरिदमा चर्को मुल्य असुली भएको गुनासो पछि जिल्ला अनुगमन समिति कास्कीले बुधबार पोखराका केही पसलमा अनुगमन गरेको छ । व्यापारीहरुले भूकम्पको फाइदा उठाउँदै चर्को मूल्य असुली गरेको उपभोक्ताहरुले गुनासो समाचार प्रकाशित भएपछि समितिले अनुगमन गरेको हो ।
भूकम्प पिडितका राहातका लागि विक्रि भइरहेको त्रिपाल र ब्लाङकेटमा चर्को मूल्यमा बेचेको भन्दै उपभोक्ताले उजुरी समेत दिएका थिए । समितिले बुधबार चिप्लेढुगां, महेन्द्रपुलका केही पसलहरुमा अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको नेतृत्वले गरेको अनुगमनमा सिद्धार्थचोकको ढकाल प्लाष्टिक स्टोर्स, चिप्लेढुंगाको एलपी प्लाष्टिक सप्लार्यस, पन्थी गल्लीको आर एल. इन्टरप्राइजेज र न्यूरोडको जय हनुमान बस्त्रालयमा अनुगमन गरेको हो । समितिले अनुसन्धानका लागि संचालकहरुलाई विहिबार जिल्ला प्रशासन कार्यालय बोलाइएको छ ।
अनुगमनमा केही पसले बिना रसिद विक्री गर्ने गरेको, भ्याट विल प्रयोग नगरेको भेटिएको थियो । उपभोक्ताले राहातका सामाग्रीमा गोदाममा राखेको र सहज उपलब्ध नभएको तथा चर्को मूल्य तिरेपछि मात्रै सामाग्री पाइएको उपभोक्ताको गुनासोपछि अनुगमन गरेको सहायक जिल्ला अधिकारी चन्द्र गौतमले बताए । तर, गुनासो अनुसार गोदामहरुमा स्टक सामान भने नेदेखिएको उनले जानकारी दिए ।
अनुगमन टोलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डिएसपी श्याम राइ, उप सचिव नरेन्द्र भट्टराई, घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, जिल्ला प्रशासन कार्यालयका खाद्य निरिक्षक शिवजी बराल , उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला र पत्रकार महासंघ कास्कीका सदस्य जमुना वर्षा शर्मा लगायतको सहभागिता रहेको थियो ।
विपतको बेला राहत सामाग्री खरिद सहज हुनुपर्नेमा उपभोक्तामाथि चर्को मूल्य असुल्न खोज्नु र कृत्रिम अभाम सृजना गर्नु दुखद भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए । कुनैपनि सामान खरिदको क्रममा आफु ठगिएको महशुस भए खबर गर्न उनले आग्रह गरेका छन् ।
सरकारले राहतको लागि ल्याईने त्रिपालमा भन्सार छुटको ब्यबस्था गरेको भएपनि पोखराका पसलमा साविककै मुल्यमा खरिद बिक्रि भैरहेको छ ।
Comments are closed.