चलचित्र ‘भैरव’ को गीत रिलिज

पोखरा, १७ असार
चलचित्र ‘भैरव’को ‘नाच भैरे
नाच’ बोलको गीत रिलिज गरिएको
छ । सुरेश अधिकारीको शब्द र
संगीतमा तयार पारिएको गितमा
स्वर चलचित्रका निर्माता समेत रहेका
जोहान दरुवाल्लको रहेको छ ।
व्यस्त युवा कोरियोग्राफर
रामजी लामिछानेको कोरियोग्राफी
रहेको गित सेट लगाएर निर्माण
गरिएको छ । नेपाल प्रहरीहरुले
फुर्सदको बेला गर्ने रमाइलो लाई
कोरियोग्राफी रामजीले उत्कृष्ट
तरिकाले देखाउना खोजेका छन् ।
यसअघि सार्वजनिक गरिएको ट्रेलर
बाट चर्चा बटुल्न सफल बहुप्रतिक्षित
चलचित्र ‘भैरव’ को गीत संगीतले
अझै उत्कृष्ट बनाएको चलचित्रका
कोरियोग्राफी रामजी लामिछानेले
बताए । एक्सन स्टार निखिल उप्रेती ले
चलचित्र ‘भैरव’ लाई आफैले निर्माण
तथा निर्देशन गरेका हुन् । चलचित्रमा
जोहान दरुवाल्ल पनि लगानी रहेकोछ ।
चलचित्र मा निखिलको साथमा अनु शाह,
चर्चित कलाकार मुरलीधर, जय किशन
बस्नेत, नगेन्द्र रिजाल ,रबिन हुड सेन
लगायतको कलाकारको अभिनय रहेको
छ । नेपाल र भारतीय सिमाना क्षेत्रमा
हुने चोरी डकैती र तस्करीमा नेपाल
प्रहरीको भूमिकाको विषय वस्तुलाई
चलचित्रमा देखाउन खोजिएको
छ । नवराज कृष्ण थापाको छायांकन
,बनिश शाहको सम्पादन, हिमाल
के.सी.को एक्शन रहेको छ । ‘भैरव’
भदौ ११ गतेदेखि प्रदर्शन हुदैछ ।nikhil-upteri

Comments are closed.