पोखरा
चैत १
नेपाली समाजको यथार्थ चित्रण गर्दै बनेको नेपाली कथानक चलचित्र साइँलीको टिम प्रचार प्रसारको क्रममा पोखराको विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ।
राम बाबु गुरुङ द्वारा निर्देशित चलचित्र यहि चैत १५मा देश भरि प्रदर्शनमा आउनेछ। चलचित्रमा नेपालका ख्याति प्राप्त कलाकारहरूलाई उतारेर नेपाली समाजको कथा व्यक्त गरिएको कुरा निर्देशक गुरुङले जानकारी दिए।चलचित्र साइँलीमा नेपाली चलचित्र क्षेत्रका निकै सफल नायक दयाहाङ राई सँगै नायक गौरब पहारी, नायिका मेनुका प्रधान, केनिपा सिंह आदिको मुख्य भुमिका रहेको छ। त्यस्तै चलचित्रको सँगित तर्फ कालि प्रसाद बास्कोटा र हेमन्त रानाको स्वर रहेको छ। टिम साइँली पोखराको विभिन्न स्कुल, कलेज र रेष्टुरेण्टहरुमा प्रचार प्रसारमा लागेका छन्।त्यस्तै चैत १ शुक्रबार (आज) पोखरा भाटभटेनिमा रहेको पोखरा स्काई स्पोर्ट्समा चलचित्र साइँलीको कलाकारहरुको विशेष प्रस्तुति रहने हुँदा सम्पूर्ण चलचित्र प्रेमी र सँगित प्रेमीलाई फिल्म प्रोमोटर आशिष पुरीले अनुरोध गरे।

Comments are closed.