चापाकोटमा आगलागी हुदा अधिकारीको घर पुर्ण रुपमा क्षती

दीननाथ बराल

पोखरा २७, माघ

कास्कीको चापाकोट ७, खोरपाखाका आज (विहिबार) आगलागी हुदा स्थानीय छविलाल अधिकारीको घर पुर्ण रुपमा क्षेति भएको छ ।

विहान करीब ९ः४५ बजे बिद्युत सर्ट भई अधिकारीको घरको माथिल्लो तला (कौशी) बाट आगलागी हुदा करीब १२ लाख मुल्य बराबरको क्षति भएको स्थानीय किरण अधिकारीले बताए । भूकम्प प्रभावित डासु प्रसाद अधिकारीको अन्न सहितको घर पुर्ण रुपमा क्षेति हुदा उक्त मुल्य बराबरको क्षति भएको किरण बताए ।

आगलागी भएको करीब दुई घण्टा पछि स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन। अधिकारीको घरको कौसीमा चित्राले बारेको ठाँउ नजिकै बिजुलीको तार भएकोले उक्त तार सर्ट हुदा कौसीको चित्राबाट आगलागाी हुदै भुकम्प प्रभावित डासु प्रसादको करीब २० मुरी धान रहेको भकारीमा आगो सल्केको थियो ।

डासुको मकै तथा कोदो समेत जलेर नष्ट भएको छ भने छविलालको महत्वपुर्ण काजपत्र सहित लक्ता कपडा हुदै घर पुर्ण रुपमा जलेर नष्ट भएको किरणले बताए । गत बर्ष आएको भूकम्पले डासुको घर पुर्ण रुपमा भत्के पछि उनीहरुले स्थानीयको सहयोगमा अस्थाई टहरोमा वस्दै आएका छन भने घरको अन्न छविलालको घरमा थन्काएका थिए । डासुको करीब ३० मुरी धान मध्य १० मुरी धान भने जल्दा जल्दै स्थानीयको सहयोगले बचाउन सफल भएको बताइृन्छ । बिद्युत सर्ट कौसीमा भएको तथा विहान भएकोले मानविय क्षेति हुन नपाएको स्थानीयले बताए।

Comments are closed.