चार किलो गाँजासहित ४ जना पक्राउ

पोखरा ४ पुस /
चार किलो सात सय ग्राम गाँजासहित कास्कीको हंशपुरबाट चार जना पक्राउ परेका छन् । गाँजा लिएर लमजुङ भोर्लेटारबाट कास्कीको बेगनास तर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुरले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा १५ का विरेन्द्र थापा, पोखरा १० का बिमल थापा, सोही ठाउँका लिल गुरुङ र राज गुरुङ रहेका छन् । बुधबार थुम्की ५ ठाडडाँडाको बेगनास भोर्लेटार सडक खण्डमा आराम गरिरहेका उनीहरुलाई प्रहरीले खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पाको पारी कपडामा बेरी लुकाई राखेको भेटिएको थियो । उनीहरुलाई बिहीबार जिल्ला अदालत कास्कीबाट लागू औषध मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments are closed.