पोखरा, असोज १० गते । नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले विगतमा भारत्तोलन खेलले धेरै पदक जितेपनि ब्यवस्थापनको कमजोरीका कारण सफलता अनुसार चर्चा पाउन नसकेकेको बताएका छन् ।
कास्की जिल्ला भारत्तोलन संघले शनिबार पोखरामा आयोजना गरेको नवनिर्वाचित केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र केन्द्रीय सदस्यलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्दै उनले खेलको विकास र खेलाडी उत्पादनमा विगतमा नेतृत्व तहमा रहेकाहरुले चासो नदिदाँ चार दशकको इतिहास बोकेर पनि भारत्तोलन खेल ओझेलमा परेको बताए । उनले आफनो कार्यकालमा कुनै गुनोस गर्ने ठाँउ नदिई काम गर्ने समेत दावी गरे ।
उनले आफनो कार्यकालमा धेरै खेल गतिविधि सञ्चालन हुने बताए । उनले चार दशकपछि संघको प्रत्यक्ष निर्वाचनबाट आफु निर्वाचित भएको बताउदै भने,‘ विगतमा ब्यवस्थापकीय कमजोरीका कारण भारत्तोलनका गतिविधि र प्रचार हुन सकेन् । मेरो चार वर्षे कार्यकालमा खेलगतिविधि मार्फत संघलाई चलाएमान बनाउदै कुनै गुनासो गर्ने ठाँउ दिने छैन् ।’
ललितपुर जिल्ला अध्यक्ष मुकुन्द मालिले विगतमा भारत्तोलन खेलको जति विकास हुनुपर्ने हुन नसकेको बताउदै अहिलेको टिमले गर्नुपर्नेमा जोड दिए । नयाँ खेलाडी उत्पादन गर्ने वातावरण विगतमा थिएन यो टिमले गर्ने छ । उनले कास्की जिल्ला भारत्तोलन संघले सञ्चालन गरेको तालिम केन्द्र नेपालकै उत्कृष्ट भएको बताए । संघको केन्द्रमा नभएका खेल सामाग्रीहरु कास्कीसंग छ उनले भने,‘पोखरामा १३ सागका कारण यहाँ खेल सामग्रीहरु अन्तराष्ट्रियस्तरका छन् । तर केन्द्रमा छैनन् ।’ उनले ३६ वर्षको इतिहासमा भारत्तोलनले धेरै पदक जितेपनि ओझेलमा परेको भन्दै अव यसलाई फुटबल, क्रिकेट जस्तै खेलाडी र खेलप्रेमीको ध्यान खिच्ने गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
कास्की जिल्ला भारत्तोलन संघ अध्यक्ष राजनकुमार बड्गामी र ललितपुर अध्यक्ष मुकुन्द मालिले यस्तो प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नवनिर्वाचित केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजनकुमार बड्गामी र केन्द्रीय सदस्य रत्नमान मालीलाई कास्की जिल्ला भारत्तोलन संघका पदाधिकारीले खादा लगाएर बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । संघको गत माघमा सम्पन्न अधिवेशनमा श्रेष्ठले विजेन्द्रविक्रम शाहलाई दुई मतले पराजित गदै अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ३० र शाहले २८ मत प्राप्त गरेका थिए ।
कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष राजनकुमार बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष उमेश सिकेले गरेका थिए । यसैवीच गत मंसिरमा पोखरामा सम्पन्न १३ औ सागमा पोखरामा भएको भारत्तोलन खेल सफल बनाउन सहयोग गरेको भन्दै कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष एवं नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष राजनकुरमा बड्गामीले जिल्लाका पदाधिकारी र सदस्यहरुलाई खादा लगाएर धन्यबाद ज्ञापन गरेका थिए ।
Comments are closed.