पोखरा, ८ पुस । पोखरा युनाइटेड क्लवले पोखरामा चिडियाखाना निर्माणको सहयोगार्थ ३ लाख ५० हजार रुपैयाँ जिल्ला विकास समिति कास्कीलाई प्रदान गरेको छ । सोमबार जिल्ला विकास समितीमा आयोजित कार्यक्रमका क्लवका पदाधिकारीहरुबीच क्लवका अध्यक्ष हिमालय बख्रेलले जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीलाई तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले पोखरामा रहेर गैरसरकारी संस्थाले जैविक विविधताको क्षेत्रको संरक्षणको लागी रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
क्लवका अध्यक्ष हिमालय बख्रेलले आसन्न पाचौं पोखरा महोत्सवको पूर्व सन्ध्यामा चौथो पोखरा महोत्सवको आम्दानीबाट बचत रकममध्ये २५ प्रतिशत रकम पोखरामा चिडियाखाना निर्माणका लागी छुट्याइएको र सोही अनुरुप सोमबार रकम हस्तान्तरण गरिएको वताए । स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरेको र हाल सम्म क्लवले ९ लाख ५० हजार रुपैया जिल्ला बिकास समिति र युनाइटेड क्लवको रोहबरमा हिमालयन बैङमा जम्मा गरिसकेको अध्यक्ष बख्रेलले जानकारी दिए ।
Comments are closed.