पोखरा,
पोखरामा चितवन पोखरा सम्पर्क समाजका अध्यक्ष श्री दिलीप पनेरुको अध्यक्षतामा वि.स. २०८० सालको हरितालीका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
प्रमुख अतिथिमा कोपिला नेपालका कार्यकारी निर्देशक एवं सामाजिक अभियन्ता श्री बिना सिलवालले समाजमा महिलाहरु माथी हुनेगरेको हिंसाको न्युनिकरण तर्फ सवैले एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिंदै महिलाहरुलाई वंश र अंशको भागिदार बनाए मात्र समाजमा महिला आत्म निर्भर र बलियो हुने भनाई राख्नु भएको थियो ।
विशेष अतिथीको रुपमा संस्थापक अध्यक्ष एवं सल्लाहकार श्री निर्मल सापकोटा, नि वर्तमान अध्यक्ष श्री शान्ता पुरी यसैगरी अतिथीहरुमा उद्योग बाणिज्य संघका सदस्य एवं थोक विक्रेता संघ कास्कीका अध्यक्ष श्री टीका राम सुवेदी, सल्लाहकारहरु श्री खेम नारायण ढकाल र डा.जिवन रेग्मी, रेन्वो एकेडेमिक होम्सका सञ्चालक श्री कृष्ण ढकाल,श्री दिलिप ढकाल, कृषि बजार व्यवस्थापन समितिका सदस्य श्री दुर्गा प्रसाद कंडेल, कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष श्री दुर्गा बराल पनेरु, ब्युटि बक्सका सञ्चालक एवं सौन्दर्य प्रशिक्षक श्री ईशा अग्रवाल, बाराही हस्पिटालिटीका श्री रजनी पौडेल, बन विज्ञान अध्ययन संस्थानका सह प्रा.डा.लिला पुरी, आजिवन सदस्य श्री मीना भट्टराई र ई. आनन्द सापकोटाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
करिब नब्बे जना सहभागी भएको उक्त कार्यक्रममा उत्कृष्ट नृत्यमा छोरीहरु तर्फ सुजिना दहाल र नेन्जी सुनार, आमाहरु तर्फ दिपा शर्मा कंडेल, सिम्रन सुनार र सिता बाँस्तोलाले सफलता हासिल गरी पुरस्कार प्राप्त गर्नुभयो
उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष तारा सापकोटा र कार्यक्रमको संचालन संस्थाका सचिव रामचन्द्र पहारीले गर्नु भएको थियो ।
Comments are closed.