चितवन-२ मा रवि लामिछाने विजयी

काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका छन् ।

उनले ५४१७६ मत ल्याएर विजयी भएका हुन् ।

कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे ।

एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याए ।
सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा पुन ः निर्वाचित भएका हुन्।

गत मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ उपनिर्वाचन भएको हो।

Comments are closed.