चिनियाँ राष्ट्रपतिको शरीरमा लोकतान्त्रिक हड्डी छैन’–बाइडेन

चैत्र १३–अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडेनले बिहिबार पहिलो आधिकारिक पत्रकार सम्मेलनमा विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् ।
चीनबारे कुरा गर्दै बाइडेनले आफ्नो चीनसँग संघर्ष गर्ने कुनै सोच नभएको बताएका छन् तर उनले चीनका राष्ट्रपति शी जिनपिङको आलोचना पनि गरेका छन् ।
आफूले चिनियाँ नेतालाई बराक ओबामासँग उप–राष्ट्रपतिको हैसियतले काम गरिरहेका बेलादेखि नै चिनेको बताएका छन् ।
बाइडेनले भनेका थिए, ‘शी जिनपिङको शरीरमा एउटा पनि लोकतान्त्रिक हड्डी छैन तर उनी एक स्मार्ट व्यक्ति हुन् ।’

बाइडेनले थपे, ‘चीन संसारको सर्वाधिक शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहन्छ तर हामी यसो हुन दिँँदैनौं किनभने अमेरिका पनि यो दिशामा अघि बढ्दै जानेछ र प्रगति पनि गर्दै जानेछ ।’

बाइडेनले अमेरिका र चीनमा एउटै मात्र कुराको प्रतिस्पर्धा भइरहेको बताएका छन् । उनका अनुसार यी दुई देश लोकतन्त्र र तानाशाहबीच प्रतिस्पर्धा गरिरहेका छन् । रातोपार्टीबाट साभार

 

Comments are closed.