२०७८ साउन १ गते
चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउने जानकारी गराइन् भने देउवाले आफू चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका थिए ।परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।
Comments are closed.