चेरिष्मा इम्पोरियम पाँचौ बर्षमा

भदौ १ भदौ/ पोखराको न्यूरोडमा रहेको चेरिष्मा इम्पोरियम एण्ड बुटिक पाँचौ बर्षमा लागेको छ । पाँचौ बार्षिकोत्सवको अवशरमा इम्पोरियमले विशेष छुट योजना ल्याएको छ । इम्पोरियमले ३० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।11911213_1181162571897739_233776844_n

मंगलबार चेरिष्मा इम्पोरियमका संचालक सिता बराल र केदार बरालकी ८४ वर्षिय आमा नर्बदा बरालले केक काटेर बार्षिकोत्सव कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघ महिला उद्यम विकास समितिका संयोजक विन्दु कोइरालाले चेरिष्मा छोटो समयमा लोकप्रीय बन्न सफल भएको बताईन् ।

नेकपा एमाले जिल्ला कमिटिका सहसचिव प्रभा कोइरालाले व्यवसायमा महिलालाई विविध चुनौति भएपनि संचालक बरालको लगनशिलता र मेहनतले चेरिष्मा इम्पोरियमले आफ्नो ब्राण्ड स्थापित गर्न सफल भएको बताइन् । रेडियो जननीका अध्यक्ष एवं महिला उद्यमी हिरा भट्टराईले आर्थिक सशक्तिकरणकालागि महिला उद्यमशीलता तर्फ उन्मुख हुनुपर्ने भन्दै चेरिष्माका संचालक बराल सफल उद्यमी भएको बताइन् । unnamed (2)
२०६८ सालदेखि महेन्द्रपुलबाट आफ्नो सेवा प्रारम्भ गरेको चेरिष्मा इम्पोरियमले ग्राहकको चाहानालाई मध्यनजर गरी थप सेवा सहित २०६८ सालदेखि न्युरोड पोखराबाट व्यवसायलाई निरन्तरता दिँदै आइरहेको छ । महिलाका लागि साडि, कुर्था सुरुवाल, लेहंगा बुटिक डिजाइनबाट तयार गरेर देश तथा विदेशमा समेत निर्यात गर्दै आइरहेको छ ।

Comments are closed.