चौथो राष्ट्रिय ट्रायाथलनमा आर्मीको बर्चश्व

पोखरा २२ कात्तिक

पोखरामा सम्पन्न चौथो राष्ट्रिय ट्रायाथलन प्रतियोगितामा त्रिभुवन आर्मीका खेलाडिले बर्चश्व कायम गरेका छन् । स्टाण्डर, स्प्रिन्ट र डुवाथलनमा आर्मीका खेलाडिले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित बर्चश्व कायम गरेका हुन् ।

unnamed (1)
पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७२ अन्तरगत कास्कीको वेगनास तालमा शनिबार सम्पन्न प्रतियोगिताको स्टान्डर्ड पुरुष तर्फ त्रिभुवन आर्मीका रुद्र कटुवाल प्रथम भए । उनले २ घण्टा २९ मिनेट ०.६ सेकेण्डमा दुरी पुरा गदै प्रथम भए ।

द्धितिय आर्मीकै टिकाराम थापा भए ।उनले २ घण्टा ३७ मिनेट ५४ सेकेण्डमा दुरी पुरा गरे । भने २ घण्टा ४७ मिनेट ५३ सेकेण्डमा दुरी पुरा गदै सशस्त्र प्रहरी बल (एपीएफ)का रमेशकुमार दलार्मी तृतिय भए । ट्राईयाथलन अन्तरगत स्टान्डर्डमा १ हजार ५ सय मिटर पौडी, ४० कि.मि. साईक्लिङ्ग र १० कि.मि. दौड कायम गरिएको थियो ।

प्रतियोगिता अन्र्तगत स्प्रिन्ट महिला वर्गमा त्रिभुवन आर्मीकै केशरी थापा मगर प्रथम भइन् ।उनले १ घण्टा ३९ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । मध्यमाञ्चलकी रोजा केसीले १ घण्टा ४२ मिनेट ३८ सेकेण्डमा दुरी पुरा गदै द्धितिय स्थान प्राप्त गर्दा त्रिभुवन आर्मीकी यमकुमारी घले तृतिय भइन । घलेले १ घण्टा ४३ मिनेट ५५ सेकेण्डमा दुरी पुरा गरिन । स्प्रिन्टमा ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड तय गरिएको थियो ।

प्रतियोगित अन्र्तगत दुवाथलन महिलामा मध्यपश्चिमाञ्चलकी हुमीबुढा मगर प्रथम भइन ।उनले १ सय ३८ मिनेट २९ सेकेण्डमा दुरी पुरा गरिन । त्यस्तै १ घण्टा ३९ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गदै मन्जुकुमारी खड्का दोस्रो हुन सफल भइन । भने १ घण्टा ४४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गदै त्रिभुवन आर्मीकी पुष्पकुमारी भण्डारी तृतिय भइन । डुवाथलनमा ५ कि.मि. दौड, २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड तया गरिएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागिय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलका ३७ जनाले तीन विधामा प्रतिस्पर्धा गरेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

प्रतियोगितामा विजेता खेलाडिलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार विष्ट, नेपाल ट्राईयाथनल संघका महासचिव निलेन्द्र राज श्रेष्ठ, राखेप बोर्ड सदस्य विरेन्द्र खड्का, उपेन्द्र पौडेल, फक्तबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले मेडल वितरण गरेका थिए ।

यसै प्रतियोगितामा विजेता खेलाडिले भारतको गुहाटी र आसाममा माघ २३ देखि आयोजना हुने दक्षिण एशियाली प्रतियोगितामा सहभागीता जनाउने छन् । मंसिर महिनामा पानीको चिसोपनमा अत्याधिक बृद्धि हुने भएकोले र पूर्वमा प्रतियोगिता संचालनको लागि आवश्यक ताल वा पोखरी नभएका कारण वेगनाश तालमा प्रतियोगिता संचालन गरिएको नेपाल ट्राईयाथनल संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी दिए ।
संघले विगत तीन बर्ष देखि दक्षिण एशियाली च्याम्पियनसिप र राष्ट्रिय प्रतियोगिता पोखराको बेगनाश तालमा संचालन गदै आएको छ । बेनासतालको पानीमा पौडीको लागि आवश्यक तातोपन रहेको र यस भन्दा पछाडी प्रतियोगिता गर्नु परेमा पानीको चिसो पन बढ्नाले प्रतियोगिता आयोजना गर्न नसकिने र दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदकको सम्भावना भएकोले तयारी प्रशिक्षणमा पर्याप्त समय नहुने भएका कारणले पनि प्रतियोगिता कात्र्तिकमै गर्नु परेको महासचिव श्रेष्ठले जानकारी दिए ।

Comments are closed.