१०० स्कुल पुनर्निर्माण गर्ने
काठमाडौ, वैशाख २३ – चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा दश हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ । बुधबार ललितपुरमा पत्रकारसम्मेलन गरेर समूहका अध्यक्ष विनोद चौधरीले आगामी छ महिना भित्रमा ती घर निर्माण गरेर पीडितलाई हस्तान्तरण गरिने बताए ।
स्वदेशी तथा विदेशी दातृ निकाय, परोपकारी सङ्घसंस्थासँगको सहकार्यमा अरू ९ हजार घर निर्माण गर्ने लक्ष्यका साथ समूहले काम गरिरहेको जानकारी उनले दिए ।
‘भूकम्पबाट भत्केका एक सय सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण पनि गर्नेछौँ,’ समाजप्रतिको समूहको दायित्व सुनाउँदै उनले भने ।
भूकम्पपीडितको सहायतार्थ समूहले रु २५ करोड छुट्याएको बताउँदै उहाँले हालसम्म झन्डै २ कराेडबराबरका राहत सामग्री वितरण भइरहेका जानकारी दिए ।
हइटी र फिलिपिन्समा विपद् व्यवस्थापनको अनुभव बटुलेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त विशेषज्ञ टोली र समूहकै प्राविधिकले अस्थायी घर र विद्यालयको पुनर्निर्माण गर्नेछन् । एउटा घरको निर्माण लागत रु ५० हजारदेखि एक लाखसम्म पर्ने बताइएको छ । रासस
Comments are closed.