“छत्तीस बर्ष बढाए, धाेरै थाेक भयाे तरपनि खालि हात”

teknath-sirपाेखरा २६ फागुन
‘लगातार छत्तीस वर्ष सामुदायिक विद्यालयमा पढाएँ, स्थायीका लागि आन्दोलित भएँ, तर उमेरहदका कारण खाली हात फर्कनुपरेको छ ।’ अस्थायी शिक्षकका रुपमा जीवनका उर्बर समय बिताएका कास्कीका ६० बर्षीय शिक्षक टेकनाथ गौतमले भने । सेतै दाह्री पालेर अस्थायी शिक्षक सङ्घर्ष समितिमा सक्रिय गौतम अवकास पाउँदा पनि उस्तै सायद स्थायी नभएर होला दाह्री नकाटेरै बिदा भएका छन् । छत्तीस वर्ष छ महिना दश दिन कास्कीको धिताल गाविसस्थित बराह उच्च माविमा व्यावसायिक कृषि विषय पढाए । यसबीचमा उनी दुई पटक सो विद्यालयमा प्रधानाध्यापक पनि भए । उनले २०३५ भदौ १२ मा स्थायी शिक्षक नआएसम्म तीन महिनाका लागि मासिक रु. तीन सय ३७ पाउने गरी अस्थायी शिक्षकमा नियुक्ति पाएका थिए ।
गौतमले अनिवार्य अवकास पाउने मिति यही फागुन २४ गते गुज्रिएपनि भावनात्मक सम्बन्धका कारण विद्यालयले औपचारिक बिदाई कार्यक्रम भने गरेको छैन । बिदाई कार्यक्रम नगरी गौतम काठमाडौँ पुगेका छन् र आगामी दिनमा पनि आफूजस्ता पीडित अस्थायी शिक्षकका लागि निरन्तर आन्दोलित हुने घोषणा गरेका छन् ।


यस्तो अवस्था आउने थाहा पाएको भए मैले बैंकमा जागिर खान जान्थेँ– उनले भने, “म अस्थायीमै बिदा भएपनि मपछिका साथीहरूका लागि मैले काम गरिरहनेछु, आफ्नो उत्साहमा कुनै कमी आएको छैन ।”


पञ्चायतकालमा शिक्षक हकहितका लागि सङ्गठन खोल्न पाउनुपर्ने आन्दोलन सुरु गर्दाका दिन स्मरण गर्दै उनले भने, “त्यतिबेला हाम्रा मागका बारेमा भन्दा पनि सङ्गठन खोल्नु नै ठूलो कुरा हुन्थ्यो ।” सँगै आन्दोलनमा हिँडेका उनका अर्का एक सहयात्रीले भने सोही मितिमा विद्यालयबाट पेन्सनसहितको अवकास पाएका छन् । त्यो बेलाको समयमा स्नातक तहसम्मको अध्ययन भनेको ठूलै कुरा थियो, पुराना कुरा सम्झँदै उनी भन्छन्, “जाडो महिनाको समय थियो, घाम तापेर बसिरहेका थियौँ, बराह माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकले घरैबाट मलाई विद्यालयमा पढाउनका लागि बोलाएका थिए । त्यसैबेला कृषि विकास बैंकमा बिना कुनै परीक्षा जागिर खान पाइन्थ्यो, तर मैले बैंकको जागिरभन्दा घर नजिकको विद्यालयमा पढाउनु उत्तम ठानेँ ।”

उनले स्थायीका लागि शिक्षा सेवा आयोगले लिएको परीक्षामा लिखितमा चार पटक नाम निकालेपनि हरेक पटक अन्तर्वार्तामा फालिने गरेको गुनासो गरे । कुनै बेला ‘बहुदलवादी’ का नाममा, कुनै बेला व्यक्तिगत रिसइबीका कारण म फालिएँ, उनले भने । सोही विद्यालयमा उनले दुई पटक प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाले । उनकै कार्यकालमा सो विद्यालयमा प्राविधिक शिक्षा सुरु भएको थियो । विद्यालयलाई चलाउन आर्थिक समस्या भएको बेला महायज्ञ लगाएर भएपनि विद्यालय रु. ३४ लाखभन्दा बढी रकम सङ्कलन गर्न सफल भएको थियो ।

baraha1 (1)
यदि यस्तो अवस्था आउने थाहा पाएको भए मैले बैंकमा जागिर खान जान्थेँ– उनले भने, “म अस्थायीमै बिदा भएपनि मपछिका साथीहरूका लागि मैले काम गरिरहनेछु, आफ्नो उत्साहमा कुनै कमी आएको छैन ।” उनीजस्तै करिब ९०० अस्थायी शिक्षकले उमेर हदबन्दीका कारण खाली हात घर फर्कन बाध्य भएको अस्थायी शिक्षक सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले बताए । हाल मुलुकभर करिब ४० हजार अस्थायी शिक्षक कार्यरत छन् । शिक्षा मन्त्रालय र शिक्षकबीच विभिन्न समयमा प्रक्रिया पूरा गरी स्थायी गर्ने सम्झौता भएपनि शिक्षा ऐनको आठौं संशोधन हुन नसकेको कारण माग पूरा हुन सकेको छैन ।

Comments are closed.