छैठौ हेमजा आलु महोत्सवको तयारी

पोखरा,२  चैत / कास्कीको करेसाबारीको रुपमा परिचित हेमजामा चैत अन्तिम साता छौठौ आलु महोत्सव हुने भएको छ । यही चैत्र २३ देखि २९ गते सम्म आलु महोत्सव आयोजना गर्न लागेको आयोजक विष्णुपादुका क्लव हेमजाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

सुन्दर गाउ हेमजा जाऔ आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गरिने महोत्सवमा ८० ओटा स्टल रहने महोत्सव मुल आयोजक संयोजक रमेश कार्कीेले जानकारी दिए । महोत्समा आलुबाट बनेका परिकारका स्टालहरु १२, ब्यवासायीक ५० स्टाल र ३० ओटा कृर्षि प्रविधिका स्टाल रहने आयोजक जनाएको छ ।हेमजामा उत्पादन हुने आलु, काउली गोलभेडाँ, च्याउ, धान, बन्दा साथै अन्य कृर्षि जन्य उत्पादनहरुको प्रवद्धन र कृर्षि पर्यटनको प्रचार प्रसारको लागी छैठौ पटक आलु महोत्सव गर्न लागेको आयोजकले बताएको छ ।

हेमजालाई कृषि पर्यटन र व्यवसायिक दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । एक साता चल्ने महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीहरुको प्रर्दशनी, आलुको पहाड, आलुका परिकार, च्याँउ प्रदशनी, जापानीज सुन्तालको प्रर्दशनी, विभिन्न कृर्षि विउविजन तथा अन्य कृर्षि यन्त्रहरुको प्रदशनिहरु रहन रहने छन् । भने महोत्सवमा बाल उद्यान, लोक दोहोरी तथा सांगितीक कार्यक्रम, हाँस्य कलाकारहरुको प्रस्तुती रहने संयोजक कार्कीले बताए ।महोत्सवमा करिव १२ करोडको आलु विक्री गर्ने लक्ष्य राखिएको पनि कार्कीले बताए ।हेमजामा बार्षिक १३ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।

हालै पोखरा उपमहानगरपालिकाको १७ औ वडा बनेको हेमजामा कुल १९७१ हेक्टर मध्य ६सय ५० हेक्टरमा आलु खेती हुने गरेको जिल्ला कृर्षि कार्यालय कास्कीका बरिष्ठ कृर्षि अधिकृत रमेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । हेमजाका ११ सय ५० परिवार कृर्षिमा आधारित छन भने ६ सय ५० कृषकले ब्यवसायीक आलु खेती गदै आएका छन् ।

महोत्सव सम्पन्न गर्न विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल आयोजक समिति र २१ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ भने २२ ओटा विभिन्न उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।महोत्सव सम्पन्न गर्न करिव ३२ लाख ३५ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली, पत्रकार महासंघ कास्की सचिव त्रिभुवन पौडेल लगायतले हेमजालाई अर्गानिक आलुको केन्द्रका रुपमा परिचित गराउनुपर्ने बताउदै त्यसका लागी कृर्षि कार्यालयले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कास्कीको करेसाबारीका रुपमा परिचित कास्कीको हेमजा गाविस आलु उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित छ । हेमजा गाविसबाट मात्रै बार्षिक १८ करोड ९० लाख रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ । कृषकहरुले ९ करोड ६६ लाख १५ हजार रुपैयाँ आम्दानी आलु विक्रीबाट गर्ने गरेका छन् । हेमजा गाविसमा उत्पादन हुने आलु मध्य आधा कृषकहरुले नै खपत गर्ने र ९ करोड रुपैयाँ आम्दानी गर्ने गरेको हेमजा कृर्षि केन्द्रका प्रमुख गुरु प्रसाद अर्यालले जानकारी दिनु भयो ।

हेमजा गाविसका किसानले चार सय ५० क्षेत्रफलमा ब्यवसायीक आलु खेती गदै आएका छन् । चार सय क्षेत्रफलबाट आठ हजार ४ सय मेट्रिकटन आलु उत्पादन हुने गरेको हेमजा कृषि सेवा केन्द्रका प्रमुख अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हेमजामा मात्रै बार्षिक १८ करोड ९० लाखको आलु उत्पादन भएपनि बजारमा ९ करोड ६६ लाख १५ हजार रुपैयाँको आलुको कारोवार हुने गरेको छ । वि.स. २०६८ सालतमा हेमजामा २० करोड वरावरको आलु उत्पादन भएको थियो भने गत बर्ष १५ लाख रुपैयाँको कारोबार भएको थियो । हेमजाका १८ सय ५ परिवारको मुख्य पेशा कृर्षि रहेको छ ।

अहिले उत्पादन घटेको स्थानिय किसान चित्रनाथ पौडेलले जानकारी दिनुभयो । आलुका लागी आवश्यक कुखराको सुली पहिला भन्दा कमसल खालको हुदाँ र सिचाईको अभावमा कम उत्पादन भएको उहाँको भनाई छ । २६ रोपनी जग्गामा ब्यवसायीक आलु खेती गदै आउनु भएका पौडेलका अनुसार सुलीको माग बढेका कारण गुणस्तरीय सुली पाउन छाडेको बताउनु भयो । पहिले बढी मात्रामा पोखरामा खपत हुने थियो उहाँले भन्नुभयो–“अहिले धनकुटाको हिले काठमाडौ लगायतका ठाँउमा चितवनबाट सुली जाने भएकाले माग बढि भएका कारण कमसल खालको मल आउने गरेको छ ।”उहाँले आलु खेतीबाट मात्रै बार्षिक दई लाख रुपैयाँ बचत गर्ने गरेको बताउनु भयो । यस वर्ष पनि आलुबाट दुई लाख आम्दानी गनर््े बताउनुभयो ।
२३ देखि २४ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको हेम्जामा यसबर्ष भने आलुको उत्पादन घटेर २१ मेट्रिकटन प्रतिहेक्टरमा झरेको कृषि विकास कार्यालयका वागवानी अधिकृत मनोहर कडरीयाले बताउनु भयो ।

राष्ट्रिय आलु बाली कार्यक्रम खुमलटारको सिफारीसमा गत बर्ष हेमजामा भित्रिएको यस जातको आलु उत्पादन सरदर प्रति हेक्टर ४५ मेट्रिक्टन रहेको कृषि विकास कार्यालयका वागवानी अधिकृत मनोहर कडरीयाले बताउनु भयो । हेमजाको आलु परम्परागत रुपमा रहेको जात एम एसमा धेरै उत्पादन नभएकोले यस जातको परिक्षण गर्दा लगभग दोब्बरले बढी उत्पादन हुने गरेको बताउनु भयो ।

निलो तथा लाम्चो प्रकृतिको एम एस ४२.३ जातको आलु हेमजाको मुख्य बिषेशता हो । जुन आलु छिटो पाक्नुका साथै चिनिको मात्रा समेत बढी हुने गरेको कृषि बिज्ञहरु बताउछन । हेमजामा यस बर्ष देखि खुमल लक्ष्मी जातको आलु समेत लगाउन थालिएको छ । गत बर्ष हेमजाको आलु महोत्सवमा मात्र करीब २ करोडको आलुको कारोवार भए पनि समग्र हेमजामा १० करोड मुल्य बराबरको आलुको कारोवार भएको बताईन्छ । ९० प्रतिशत एम एस र १० प्रतिशत नयाँ जात खुमल लक्ष्मी लगाएको कृषकहरुले बताए । आलुको पकेट क्षेत्र मानिएको कास्कीको होम्जामा ४ सय ५० हेक्टर क्षेत्रफलमा बार्षिक ८ हजार ४ सय मेट्रिकटन आलु उत्पादन हुदै आएको छ ।

कास्कीमा झण्डै १ हजार ३० हेक्टर क्षेत्रफलमा आलु खेती गरिदैं आएको छ । उहाँका अनुसार कास्कीमा ११ हजार ६ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । ‘प्रतिहेक्टर १२ दशमलव ३ मेट्रिकटन आलु उत्पादन हुन्छ । उत्पादित आलु पोखरासँगै अन्य विभिन्न शहरहरुमा समेत खपत हुदैं आएको छ ।

Comments are closed.