22 कात्तिक, एजेन्सी।
छोरीलाई कसैले किस गरे उसको ओठ उखेलिदिने बलिउडका सुपरस्टार शाहरुखले बताएका छन्।करन जोहरको ‘कफी विथ करन सीजन-५’ को पहिलो गेस्ट बन्न शाहरुख र आलिया भट्ट पुगेका थिए। ६ नोभेम्बरमा टेलिकास्ट हुने कार्यक्रमको सार्वजनिक भएको प्रोमोमा करनले शाहरुखलाई सोध्दछन्, ‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ?’जवाफमा शाहरुखले भने ‘उसको ओठ उखेलिदिन्छु।’शाहरुख र आलियाको जोडी अपकमिङ फिल्म ‘डियर जिन्दगी’ मा देखिनेछन्। यो फिल्म २५ नोभेम्बरमा रिलिज हुनेछ।
Comments are closed.