एकराज गिरी/पोखरा २२ बैशाख ।हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेकपाका युवा नेता एवं पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको ५१ औ जन्मजयन्ती मनाइएको छ ।
कोरोना भाइरसका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा रहेकाले भब्य कार्यक्रम गर्न नपाएपछि अधिकारीको जन्मजयन्तीमा रबीन्द्र स्मृति प्रतिष्ठानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सेनिटाइजर टनेल निर्माण गदै उनको फोटोमा मल्यापर्ण गरी स्मरण गरियो ।
प्रतिष्ठानले पोखराको प्रवेशद्धार छोरेपाटनमा निर्माण गरेको सेनिटाइजर टनेल पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । सोमबार प्रतिष्ठानका अध्यक्ष बिद्या भटराई अधिकारीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई टनेल हस्तान्तगर गरीन् ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख एवं नेकपा केन्द्रीय सदस्य मानबहादुर जिसीले रबीन्द्र अधिकारीले नेपाली राजनीतिमा खेलेको भुमिका प्रसंसनीय रहेको बताउदै प्रतिष्ठानले सेनिटाइजर टनेल निर्माण गरेर कोरोनासंगको लडाईमा सहयोग गरेको बताए ।
प्रतिष्ठानका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य बिद्या भटराईले रबीन्द्र अधिकार विकास र समृद्धिको योजनाकार रहेबाको बताउदै उनका बिचारहरुलाई आत्मसाथ गदै अगाडी बढन आवश्यक रहेको बताइन् । उनले कोरोना भाइरसको लडाईमा सहयोगी बन्न सेनिटाइजर टनेल निर्माण गरेको बताइन् ।
उनले कोरोना विरुद्धको अभियानमा स्थानीय सरकारको भुमिका प्रभावकारी रहेको बताउदै धैर्यता कार्यम गदै सुरक्षित रहदै अरुलाई पनि बचाऔँ भभ्न्नुभयो । उहाँले लडकडाउनलाई तीन क्षेत्रमा विभाजन गरेर लकडाउनलाई परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, रबीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका महासचिव धनराज आचार्यले लगायतले बोलेका थिए ।
यसैवीच पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिघा भट्टराईले ५० हजार सहयोग गरीन् । दिबङ्गत नेता रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरीन् ।
Comments are closed.