छोरेपाटन माविको ३८ औ वार्षिकोत्सव सम्पन्न

पोखरा, 

पोखरा १७ मा रहेको छोरेपाटन मा विको ३८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रम गरी सम्पन्न भयो ।

यवस्थापिक संसदकी माननिय सदस्य सभाशद वृन्दा रानाले कार्यक्रमको उद्घाटन गरी सुरु भएको कार्यक्रमा विद्यालयका सहायक प्रधानाध्यापक बद्रीनाथ पहारीले स्वागत मतव्य, विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा विद्यालयका लेखपाल जीबनाथ बरालले विद्यालयको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि सभासद वृन्दा रानाले शैक्षिक संस्थाहरुले उत्पादन गर्ने उत्कृष्ट विद्यार्थीहरु विदेश पलायन भएकोमा दुखेसो व्यक्त गर्दै आफ्नै स्वदेशको सेवा गर्नुपर्नेमा जोड दिनुभयो भने राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैकका भूतपूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले विद्यार्थीहरुलाई आधुनिक युग सुहाउदो सुचना प्रविधि,ड्राइभिङ लगायतको अन्तराष्ट्रीय अग्रेजी भाषा जस्ता कुरामा दक्ष बनाउनुपर्ने बताउनुभयो । यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञाज शर्मा वाग्लेले विद्यालयको वर्तमान शैक्षिक आर्थिक अवस्था प्रष्ट पार्नुभएको थियो ।

विं सं २०२१ सालमा तिब्बतियन शरणार्थीका केटाकेटीलाई मात्र पढाउन तासिलिङ स्कुलका रुपमा स्थापित यस विद्यालय विं. सं. २०३० सालमा नेपाल सरकारको जिम्मामा आएपछि विं.सं. २०३७ सालमा मा.वि. र २०५५ सालमा उच्च मा. वि. को पढाई सुरु भएको थियो भने हाल यस विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । त्यसो त यस विद्यालयमा विद्यार्थीहरुलाई अग्रेजी माध्यममा र कम्प्युटर विज्ञान समेतको पढाइ स्मार्ट बोर्ड र अडियो भिज्युयलका माध्यमले संचालन भइरहेको छ । यसै गरी प्रत्येक वर्ष इन्द्र स्मृति पुरस्कार, समानबाबु छात्रवृत्ति पुरस्कार, ऋषिराम पराजुलि स्मृति पुरस्कार, यम बहादुर थापा स्मृति पुरस्कार, बलराम पूर्णविराम पुरस्कार, डेविजफल पुरस्कार, पदम बहादुर स्मृति पुरस्कार, दुर्गा चन्द्र कोइराला पुरस्कार, गजल स्मृति पुरस्कार, देव स्मृति पुरस्कार लगायतका १६ वटा पुरस्कार वितरण गरिदै आएको छ । सो अवसरमा अतिथिहरु गुप्तेश्वर क्याम्पसका अध्यक्ष प्रा.डां भूपति ढकाल “कमल”, विद्यालयका सल्लाहकार मनुमाया खत्री, सुवाष ढुङ्गाना, पुण्डरी बराल, तुलसिराम बराल, श्रीराम सुवेदी, तिर्थराज अधिकारी, विद्यार्थी प्रतिनिधि छात्र संजय पौडेल, छात्रा आकृति पनेरु र अभिभावकको तर्फबाट ओमप्रकाश पौडेल लगायतले शिक्षा क्षेत्र मर्यादित गर्नुपर्ने र यसका लागि विद्यार्थी,शिक्षक र अभिभावक सबैले आ आफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले आफैले बनाएका २० भन्दा बढी वैज्ञानिक उपकरणहरुको प्रर्दशनी गरेका थिए । विद्यार्थीहरुले आफ्नै घर आँगनमा भेटिने बस्तुहरुको प्रयोग गरी बैज्ञानिक उपकरणहरुको निर्माण गरेका थिए । विद्यालयमा प्रत्येक वर्ष बार्षिकोत्सवको अवसर पारी प्रतियोगीतात्मकरुपमानै विज्ञान प्रर्दशनीको आयोजना गने र उत्कृष्ट सामाग्री बनाउने समूहलाई पुरस्कृत गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विज्ञान प्रर्दशनी उपसमिति संयोजक दिपक बरालले बताउनुभयो ।
सो अवसरमा सतप्रतिशत विदार्थीहरु उत्तीर्ण गराउने तहगत शिक्षकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले वर्षभरीमा उत्कृष्ट काम गर्ने शिक्षक शिक्षिकाहरुलाई पनि पुरुस्कृत गरेको थियो । यसरी पुरस्कृत हुने शिक्षक शिक्षिकाहरुमा प्रावि तर्फबाट नर्सरी कक्षाकी कक्षा शिक्षिका झरीमाया ढुङ्गाना, निम्न माध्यमिक तहबाट शिक्षिका लक्ष्मी देवकोटा, मावि तहबाट शिक्षक खेमराज बराल र सहायक प्रधानाध्यापक बद्रीनाथ पहारी तथा उच्च मावि तर्फबाट शिक्षक गिरीधारी पोख्रेल रहनुभएको थियो ।

विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक डिल्लीराम शर्मा तथा शिक्षक मेघनाथ पौडेलले सयुक्त रुपमा गनुभएको थियो ।

Comments are closed.