छ पृष्ठ लामाे ‘सुसाइड नोट’ लेखेर कोरियामा कास्कीका युवाले आत्महत्या गरे

कोरियामा ‘सुसाइड नोट’ लेखर एक नेपालीले आत्महत्या गरे

दक्षिण कोरिया, ५ जेठ : दक्षिण कोरियाको ह्वासङस्थित आक्तक मिदम सानअप (मेटल) कम्पनीमा कार्यरत कास्की लेखनाथ–४ का २७ वर्षिय रामहरी बरालले सोमबार विहान साँढे ९ बजे आत्महत्या गरेका छन् ।

इपिएस मार्फत करिब १ वर्षअगाडि कोरिया आएका बरालले घरपरिवारका लागि ६ पेज लामो ‘नोट’ र फेसबुकमा स्टाटस लेखि कम्पनीको क्वाटर (कन्टेनर) मा पासो लगाई आत्महत्या गरेका छन् । नोटमा घरपरिवारको कारण आत्महत्या गर्न पुगेको खुलाएका छन् ।

मेटलसम्बन्धि काम हुने उक्त कम्पनीमा नेपालबाट दुईजना आएकोमा एक जना पहिल्यै काम छोडेर अन्तै गएपछि बराल र पाकिस्तानी एक नागरिक कार्यरत भएको कम्पनी प्रशासनले प्रहरीलाई जानकारी दिएको छ ।
सोमबार विहान सबा नौ बजेतिर फेसबुकमा पैसा, परिवार, साथी र आफ्नो स्वास्थको बारेमा स्टाटस लेखेपछि नेपालस्थित उनको परिवारमा चिन्ता परेको र बराललाई खोजि नेपाल पठाइदिन परराष्ट्र मन्त्रालयमा निवेदन दिएको काठमाडौंबाट मृतकका भतिज पर्ने सन्तोष बरालले बताएका थिए ।

मृतकको फेसबुक स्टाटसको रिपोर्ट देखेर कोरियामा रहेका सन्तोष बरालका साथी रामचन्द्र अधिकारीले सोमबार साँझ दुतावासमा खबर गरेका थिए तर विहानै रामहरी बराल झुण्डिएको प्रहरीले पुष्टि गरेको अधिकारीले जानकारी दिए ।
ह्वासङ प्रहरीको प्रारम्भिक प्रतिबेदन अनुसार बरालले आत्महत्या गरेको पुष्टि भएको ह्वासङमा कार्यतर काठमाडौंका सञ्जिबकुमार गोलेले जानकारी दिए । गोलेका अनुसार मृतकले आफुले कमाएको पैसा घरपरिवार, दिदीहरु र भूकम्प पीडितलाई सहयोग दिन स्टाटसमा लेखेको बताएका छन् । मृतकको लासलाई ह्वासङस्थित मुर्दाघरमा राखिएको छ ।
मृतकको बारेमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमार्फत घरपरिवारसक्ष जानकारी गराईएको सउलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिए । ‘म भोली दिउँसो मृतक कार्यरत कम्पनमीमा गई थप जानकारी लिनेछु ।’ श्रसहचारी गुरङले फोनमा भने ।

गत शुक्रबार फेन्तेकस्थित एक आल्मुनियम कम्पनीमा ग्याँस विस्पोट हुँदा दाङ रामपुरका अतिउल्लाह खानको मृत्यु भएको छ । घाइते भएका एक अर्का एक नेपालीको सउलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

केही साता अगाडि कोरियाको छनानस्थित एक स्टिल कम्पनीमा कार्यरत संखुवासभाका सन्तविर राइको ज्यान गएको थियो । यसवर्ष कोरियामा ६ नेपालीको मृत्यु भइसकेको छ । -निकुञ्ज तिवारी

Comments are closed.