शाेवित बानियाँ
उपाध्यक्षः हवाई खेलकुद संस्था ‘ना’
बैशाख १२ गते शनिबार गएको महाभूकम्पले देशभर ठूलो क्षति पुर्यायो । झण्डै ८ हजारको ज्यान भएको छ भने १६ हजार घाइते भएका छन् । लाखौं घरबार बिहीन भएका छन् । खबौंको क्षति भएको छ । अहिले भूकम्पले देश आक्रान्त छ । अझै सामान्य अवस्थामा आउन सकेको छैन । देशभर भूकम्पले हरेक क्षेत्रमा असर पारेको छ । पोखरामा जनधनको क्षति नभएपनि यसले ठूलो असर पारेको छ । सबैभन्दा बढी देशभरजस्तै पोखरामा पनि पर्यटन क्षेत्रमा भूकम्पले ठूलो धक्का दिएको छ । सँधै व्यस्त हुने पोखराको पर्यटन क्षेत्र अहिले सुनसान छ । होटलहरु खाली छन् । पर्यटक घर फर्कँदै छन् । भूकम्पले साहसिक खेलको गन्तब्य बन्दै गएको पोखरालाई पनि ठूलो असर पारेको छ । हवाई खेलकुदमा अहिले छिट्फुट बाहेक अन्य उडान हुन सकेका छैनन् । जसले गर्दा दैनिक लाखौं रुपैयाँको क्षति पुर्याएको व्यवसायी बताउँछन् । सारङकोटबाठ एकादुई मात्रै प्याग्लाईडिङ हुन सकेको हवाई खेलकुद संस्था ‘ना’ का उपाध्यक्ष शोभित बनियाँ बताउँछन् । सारङ्कोट प्याराग्लाइडिङका संचालक समेत रहेको बानियाँले देशको यो विपत्मा हवार्य खेलकुदका पनि गतिविधि हुन नसकेको बताए । सन् १९९८ देखि पोखराको आकाशमा व्यावसायिक प्याराग्लाईडिङ उडान सुरु भएको हो । ११ बर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध बानियाँ प्याराग्लाइडिङ कम्पनी संचालन गरी ७ बर्षदेखि हवाई खेलकुदमा अवद्ध छन् । उनै बानियाँसँग भूकम्पले पर्यटन क्षेत्र र त्यसमा पनि हवाई खेलकुदमा पारेको प्रभाव, अहिलेको अवस्था र भावी योजनाका विषयमा हटलाइनले कुराकानी गरेको छ ।
प्रस्तुतिः अमृत सुवेदी
भूकम्पपछि पोखराको हवाई खेलकुदमा कस्तो क्षति पुर्याएको छ ?
शनिबार गएको महाभूकम्पले यतिबेला देश शोकमा छ । देशबासी शोकमा छन् । हामी पनि शोकमा छौं । यो अवस्थामा देशभर जस्तै पोखरामा पनि भूकम्पले असर नपुर्याउने कुरै भएन । पोखराको कुरा गर्दा भूकम्पले सबैभन्दा बढी पर्यटन क्षेत्रमै असर पारेको छ । हवाई खेलकुद पनि प्राय ठप्प जस्तै छ । हामी पनि राहत र उद्धारमा लागि रहेका छौं । पहिले करिव ३ सय प्याराग्लाइडिङ हुने पोखरामा अहिले मुस्कीलले दश वटासम्म भएका छन् । दिनहुँ २५ देखि ३० लाख रुपैयाँको क्षति बेहोर्नुपरेको छ । तर, यो समस्या हामीलाई मात्र परेको होइन त्यसैले वातावरण बन्ला भनेर पर्खेका छौं । यसपालीको भूकम्पले पोखराको पर्यटन र हवाई खेलकुदलाई पनि केही बर्ष पछाडी धकेलिदिएको छ ।
भूकम्पले पर्यटक तथा यस क्षेत्रमा कार्यरतहरुमा पारेको भौतिक तथा मानशिक असरलाई कसरी कम गर्न सकिएला ?
पोखरामा भएका पर्यटकहरु बस्ने अवधी छोट्याउँदै फर्किरहेका छन् । हामीले बस्नुस् केही हुँदैन पोखरा ठिक छ भन्न पनि सकिरहेका छैनौं । कतिपय देशबाटै पर्यटकलाई घर फर्कनका लागि आह्वान गरिएको छ । यस्तो अवस्थामा कतिपय बाटाहरु बन्द छन् । हामीले भनेर मात्रै हुँदै पर्यटकहरुलाई नेपालका सुरक्षित ठाउँहरु यियि हुन भनेर सरकारी स्तरबाटै सूचना प्रवाह गर्नुपर्छ । तर, त्यति गरेर मात्रै पनि अहिले पर्यटकहरुमा परेको मानशिक असरलाई हटाउन सकिँदैन । पर्यटकहरुमा महामारीको त्रास छ । उनीहरु जतिसक्दो चाँडो फर्कन खोजिरहेका छन् । तत्काल भत्किएका संरचनाहरु पूननिर्माण गरी प्रचारप्रसार गर्न सके मात्रै केही राहत मिल्ला नत्र अहिले पर्यटन व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । घुक्न आउने पर्यटक खतरा मोलेर बस्दैन उनीहरु जान चाहन्छन् भने त्यसको वातावरण बनाउने जिम्मेवारी हाम्रो पनि हो ।
पैसा कमाउन ति मात्रै ध्यान राख्ने की व्यवसायीहरुले यो समयमा समाजिक दात्तरदायित्व पनि निर्वाह गर्ने हो ?
कतिपय कम्पनीहरु अहिले बन्द नै भएका छन् । भूकम्पले देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पु¥याउपछि आफैं पनि कति प्रभावित भएका छन् । हामीलाई पैसा मात्रै कमाउँ जस्तो लागेको छैन । तर, व्यावसायिक संस्थाहरु नाफा कमाउन कै लागि खुलेका हुन्छन् । यसमा दुई मत छैन । तर, सामाजिक उत्तरदायित्वबाट पनि व्यवसायी भागेका छैनन् । आ–आफ्नो ठाउँबाट लागिरहेका छन् । हाम्रै संस्था मार्फत पनि गोरखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा लगायतका जिल्लामा पुगेर राहत वितरण गरिरहेका छन् । भर्खर सुरु गरेका व्यवसायीलाई कतिपय व्याज, किस्ता र ऋण तिर्ने पनि चिन्ता उत्तिकै छ । सहज वातावरण नबनेसम्म यसै भन्न सकिने अवस्था छैन ।
यस क्षेत्रमा काम गर्ने पाइलट र अन्य कामदारको अवस्था कस्तो छ ?
सबै क्षेत्रमा जस्तै यस क्षेत्रमा काम गर्ने पाइलट तथा अन्य कामदारको अवस्थालाई पनि भूकम्पले नराम्ररी असर गरेको छ । पोखरामा ६० जति संस्था हवाई खेलकुदका लागि दर्ता भएपनि ४० वटा संस्था अप्रेसनमा छन् । यहाँ ६० जना विदेशी र १ सय १० जना नेपाली पाइलट छन् भने जम्माजम्मी ५ सय जना हवाई क्षेमा काम गर्ने कामदार छन् । भूकम्पको त्रासले केही विदेशी पाइलट स्वदेश फर्केका छन् । यस्तै नेपाली पाइलट र कामदारलाई पनि भूकम्पले क्षति पुर्याएपछि गाउँ फर्केका छन् । व्यवसायीहरुमा पनि अव के गर्ने भन्ने अन्यौला पनि उत्तिकै छ । हुन त यो पर्यटकीय सिजन पनि होइन । बर्षा याम सुरु भयो । त्यही पनि नराम्रो चाँही हुन्थेन । अब जे भएपनि विपतलाई टार्न नसकिने रहेछ । फेरी छिट्टै जनजीवन सामान्य बन्छ र वातावरण पनि सहज बन्छ भन्ने विश्वास छ ।
फेरी पहिलेकै अवस्थामा ल्याउनका लागि के गर्नुपर्ला ? तपाईहरु के गर्दै हुनुहुन्छ र अन्य क्षेत्रको आशा के हो ?
अवको बाटो भनेको भौतिम संरचना पून निर्माण नै हो । नेपाल आउने पर्यटक पोखरा घुम्न र प्याराग्लाइडिङ गर्नका लागि मात्रै आउँदैन । देश सुरक्षित रहे सबै क्षेत्र सुरक्षित रहन सक्छन् । नेपालमा जतिपनि क्षति भएका भौतिक संरचनाहरु छन् तिनको पुनर्निर्माण र नेपाल सुरक्षित छ भन्ने सूचना प्रवाह नभईकन पर्यटक आउने वातावरण बन्दैन । इन्जिनियरिङ कमिटी बनाई नेपाललाई के गर्दा सुरक्षित संरचना बनाउन सकिन्छ भन्ने पहिचान होस् । नेपालको भूगर्भको अध्ययन गरी बिद्हरु मार्फत नेपालका यि ठाउँ बढी सुरक्षित छन् भन्ने सरकारी स्तरबाटै पहिचान हुन जरुरी छ । तत्कालै पर्यटक आउने वातावरण बनाउन सजिलो छैन । पुनर्निर्माण गर्दा कम खर्चमा बलियो र आकर्षक बनाउन सकिने प्रविधि र तौर थरिका अपनाउन सके यसले छिटो सन्देश दिन सक्छ । नीजि क्षेत्रले पनि आफ्नो ठाउँबाट सहयोग गर्ने र सरकारी स्तरबाट पनि त्यही खालको सुरक्षित म्यासेज दिन सकियो भने केही समयपछि फेरी पुरानै लयमा फर्कन सक्छौं ।
त्यसो त यसभन्दा पहिले पनि हवाई खेलकुदलाई व्यवस्थित गराउन सकिएको थिएन । अव कसरी व्यवस्थित गराउने योजनामा हुनुहुन्छ ?
हो व्यवस्थित हुन नसकेको कुरा साँचो हो । नेपालका लागि हवाई खेलकुद नयाँ हो । केही बर्ष मात्रै भएको छ खेवाई खेलकुदको विकास भएको । विस्तारै लगानी विस्तार र यस्ता ठाउँहरुको खोजि हुँदै गरेको अवस्था थियो । एकैपटक व्यवस्थित गराउन सकिन्छ भन्ने होइन । तर, सरकारी नीति नियम कमजोर भएका कारणले यस्तो भएको हो । सरकारले पैसा देख्ने तर, नियम नदेख्ने गरेको कारण व्यवस्थित गराउन गाह्रो भएको हो । यही नीति नियमै अभावका कारण अवैधानिक काम गर्नुपरेको छ ।
आधाजसो नेपाली पाईलटले मात्रै नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएका छन् । नेपालमा लाईसेन्स लिने व्यवस्थाको अभावमा विना अनुमति उडान भर्नु परेको छ । नेपालमै लाईसेन्स प्राप्त गर्ने व्यवस्था नहुँदा ठूलो रकम विदेशिने गरेको छ । एकजना प्याराग्लाईडिङ पाईलट व्यावसायिक रुपले दक्ष हुन कम्तीमा दुई हजार घण्टा उडान भरेको हुनुपर्ने, पचास किलोमिटरको १० वटा क्रस कन्ट्री उडान गर्नुगर्ने त्यसपछि विभिन्न सैद्धान्तिक र व्यवहारिक ज्ञानपछि एक सय पचास वटा उडान सहकर्मीसंगै भर्नुपर्ने र पुन व्यवहारिक र सैद्धान्तिक ज्ञान लिनुपर्ने अन्र्तराष्ट्रिय मापदण्ड छ । यो सबै पुरा हुन कम्तीमा पाँच वर्ष समय लाग्छ । तर, प्याराग्लाईडिङ सम्बन्धि कुनै नियम र कानुन नै नहुँदा यि सबै व्यवस्था र प्रशिक्षणका लागि समस्या हुने गरेको छ । हामीले प्राधिकरणलाई पत्राचार गरिसकेका छौं । पोखरामै अस्थायी लाइसेन्सका लागि प्ररिक्षण गर्ने र ६ महिना पछि स्वत स्थायी लाइसेन्स हुने भयो भने फेरी व्यावसायिक व्यवस्थित हुन सक्छौं ।
Comments are closed.