पोखरा १६ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको आइतवार पोखरामा सकिएको जिल्ला भेलामा संचार र संचार माध्यमहरुमा अझै पनि आदिवासी जनजाति र आदिवासी जनजातिका विषयवस्तुले स्थान पाउन नसकेको गुनासो गरेका छन् ।जातिय पहिचानसहितको संघीयताका लागि पूर्ण समावेशी संचार नाराका साथ भएको भेलाको फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुर थापामगरद्वारा उद्घाटन भएको कार्यक्रममा जनजातीका विषयबस्तु अझैपनि छायँमा परेको गुनासो गरेका हुन् ।
कार्यक्रमका संस्थापक अध्यक्ष थापामगरले विगतदेखि विभेद भोग्दै आएका आदिवासी जनजातिका आवाजलाई अझै पनि संचार माध्यमहरुमा समावेशीता नसकेको दुखेसो गरे । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङले अहिले पनि संचारक्षेत्रमा आदिवासी जनजाति माथि विभेद कायमै रहेकोले आदिवासी पत्रकारहरुले सचेत बन्नुपर्नेमा जोड दिईन् ।
फोनिज कास्की सल्लाहकार राजबहादुर गुरुङले आदिवासी जनजातिका मुद्धाहरु संचार माध्यममा विगतमा भन्दा केही प्राथमिकता परे पनि चित्त बुझ्ने अवस्था नरहेको बताए । फोनिज कास्कीका सल्लाहकार, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले आदिवासी जनजातिका मुद्धालाई आदिवासी जनजातिका अगुवाहरुले बुझाउन सक्नुपर्ने बताए । भेलाले १२ बुँदे पोखरा घोषणा पत्र जारी गरेको छ ।
Comments are closed.