पोखरा, १७ पुस । विद्यालयमा दिईने शिक्षालाई जीवनउपयोगी र प्रविधिमैत्री वनाउन सरोकारवालाहरुले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं २८ मा रहेको जनज्योती माध्यमीक विद्यालयको ६० औं स्थापना दिवसका अवसरमा सहभागी स्थानीय, समाजसेवी, शिक्षाप्रेमी संचारकर्मीहरुले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धीगर्न शिक्षकले कक्षाकोठामा प्रदर्शन गर्ने शैक्षणीक स्तरको मापन गर्न संवन्धीत पक्षसँग आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानवहादुर जिसिले गुणस्तरीय शिक्षाले मात्र विकास समृद्ध नेपाल निर्माणगर्न सकिने भन्दै यसकालागी सवैले आ आफ्नो ठाँउवाट सघाउन आग्रह गरे । शिक्षालाई व्यवहारीक वनाउन महानगर लागिपरेको उनको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नं २८का वडाध्यक्ष एवं वडा शिक्षा समितिका अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडालाई शिक्षित र सभ्य नागरिक वस्ने वडाको रुपमा स्थापित गर्न वडाकार्यालय निरन्तर लागिरहने वताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यषतामा भएको कार्यक्रममा रत्नशोभा मावीका प्रधानाध्यापक गोपाल वुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष विश्वरमण अधिकारी, समितिका पुर्व सदस्य भोज वहादुर भुजेल लगाएतले विद्यालयको शैक्षिक तथा प्रशासनीक सुधारका लागी शुभकामना व्यक्त गरे । सो अवसरमा विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले आफ्नो सास्कृतिक कार्यक्रम प्स्तुत गरेका थिए ।
Comments are closed.