जनताको विश्वास डगमगाउन दिन्न ः विद्या

कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीको उम्मेदवारी दर्ता गराएकी छन् । प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला रहेका छन् । विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीमा ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् । उम्मेदवारी घोषणा सभामा बोल्दै विद्याले जनताको विश्वास डगमगाउन नदिने बताइन् ।

विश्वास डगमगाउन दिन्न उनले भनिन्, ‘म खुल्ला किताव हुँ । जती बेला पनि तपाईहरुले पढन सक्नुहुन्छ । मैले गलत गरे औला उठाउने हिम्मत मतदाताले गर्नुपर्छ । ’ उनले जनताको मतलाई असर पर्न नदिने गरी काम गर्ने प्रतिबद्धता ब्यत्त गदै भनिन, ‘म क्षेत्र नम्वर दुईका जनताको शिर झुक्न दिने छैन ।’ आफुप्रति गरिएको आलोचनाका बारेमा बोल्दै भनिन, ‘ शोकलाई शक्तिमा बदल्न निर्वाचनमा सहभागी भएकी हुँ उनले भनिन, ‘म राजनीतिक चेत भएको व्यत्ति हुँ । आलोचना सहन सक्नुपर्छ । आलोचनाले गल्ती सुधार गर्ने मौका मिल्छ ।’

उनले आफु राजनीतिबाट विश्राम लिएको नभई पारिवारीक र रवीन्द्रलाई जनताको रवीन्द्र बनाउन गती कम गरेको प्रष्ट पारिन् । उनले उपनिर्वाचनमा अत्याधिक मतले विजयी गराउने विश्वास ब्यक्त गदै सधै जनताको पक्षमा काम गर्ने बताए । नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहईन्चार्ज खगराज अधिकारीले रवीन्द्र अधिकारीको सपना पुरा गर्न नेकपा उम्मेदवार विद्याले जित्नुपर्ने बताए । उनले कास्की क्षेत्र नम्वर दुई गुम्न नदिने बताउदै विकास र समृद्धिको यात्रालाई सफल बनाउन नेकपालाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे(उत्तम),नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङ,कास्की अध्यक्ष कृष्ण थापा लगायतले नेकपाका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरे ।

Comments are closed.