जनताले ओली सरकारको हिसाबकिताब यथोचित समयमा दिन्छन् ःगगन थापा

काठमाडौं १० चैत्रः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले संसद्सँग गरेको हिसाबकिताब यथोचित समयमा जनताले लिने बताएका छन् ।साथै उनले प्रतिशोध साँधेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद थापाले प्रधानमन्त्रीले संसदसँग प्रतिशोध साँधेर जनताको अपमान गरिरहेको पनि बताएका छन् । “यो संसद र सांसदको अपमान यो लोगो लगाउने केही सांसदको अपमान र तिरस्कार होइन,” थापाले भने, “यो ती जनताको अपमान हो, जसले यो संसद बनाएको छ, आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् ।” उनले सरकारका गतिविधिले उसका व्यवहार अस्थिर देखिएको र संसद विरुद्ध खुलेयाम गतिविधि गरिरहेको बताए । “कहिले प्रश्न छल्न हठात बैठक स्थगित, कहिले पार्टी भित्रको विरोधी तहलगाउन संसद भंग, अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सहि थियो भन्ने स्थापित गर्न संसदलाई कामविहीन बनाउने प्रपन्च,” थापाले भने, “यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौँ, एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने अनि संसदलाई एउटा विधेयक पनि नदिने । अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने । हामी स्पस्ट छौँ, समामुख महोदय, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार गर्ने काम अझ बढेर जाने छ, किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।” उनले संसदको गरिमा जोगाउन डटेर लागि रहने बताएकाछन् । “हामी डटेर संसदको गरिमा कायम राख्नका लागि लड्नेछौँ, उनले बताए।ब्राहखरीबाट साभार

Comments are closed.