पोखरा, ५ मंसिर
कास्की क्षेत्र नं। २ का उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको
भारी सही ठाउँमा पुर्याएर बिसाउने बताएका छन् । बिहीबार पोखरा–१६ मा
आयोजित सभामा उनले आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै अबको
जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।
आफूलाई लोभ, लालसा र मोह केही नभएको उम्मेदवार पौडेलले देश र जनता
सबैभन्दा माथि हुने बताए । उनले भने, ‘पार्टी एकठाउँमा हुन्छ, राजनीति
पनि गरिन्छ । तर देश र जनता सबैभन्दा माथि हुन्छ ।’ उम्मेदवार पौडेलले
कम्युनिष्ट सरकारबाट जनता त्रसित अवस्थामा रहेको बताए ।
उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व
खेमराज गुरुलाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने बताए । उनले भने,
‘खेमराज गुरु सबैले सम्मान गर्न लायक व्यक्तित्व हुनुहुन्छ । उहाँ
संस्कारी नेता पनि हो । धर्म संस्कारलाई उहाँले सधैं शिरमा राखेर हिंड्नु
भएको छ । त्यसैले उहाँलाई विजय गराउनु पोखरेलीको कतव्र्य हो ।’ खेमराज
जस्ता व्यक्तित्वलाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक
पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेको उनले बताए ।
धर्म संस्कार छोड्न हुँदैन
उम्मेदवार खेमराज पौडेल, नेता धनराज गुरुङ लगायतले पोखरा–१६,
जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्
।
रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । स्व।
रणबहादुरका छोराहरू योगबहादुर र रुन बहादुर गुरुङका साथै परिवारजनलाई
भेटेर पौडेलले समवेदना प्रकट गरेका थिए ।
उक्त अवसरमा उम्मेदवार पौडेलले आफ्नो धर्म, संस्कार छोड्न नहुने बताए ।
अरूले ७ दिन मै काजकिरिया सके पनि धर्म संस्कार अनुसार नै गर्नुपर्नेमा
उनको जोड थियो ।
Comments are closed.