जनप्रियका बि•बि•ए /बि•आई•एम विधार्थीहरूद्वारा मनाङ बाढी पिडितलाई आर्थिक सहयोग।

पोखरा हटलाईन

✍️अजित तिमिल्सिना

पोखरा,भदौ २८

पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पस अन्तर्गत बिबि  बिआईएम संकायकका विधार्थीहरूले मनाङमा गएको बाढीपहिरोका पिडितहरूका निम्ति आर्थीक सहयोग गरेका छन्।

जनप्रिय  बहुमुखी क्याम्पसको बिबि संकायमा पाँचौ सेमेष्टरमा अध्ययनरत  मनाङकी विधार्थी भुमिका गुरूको  पहलमा  जनप्रियबहुमुखी क्याम्पसको  असोसिएशन अफ बिबि /बिआईएम स्टूडे( बिएस)ले संकलन गरेको रू पच्पन्न हजार पाँच सय पच्पन्न(रू५५५५५) रकम एक कार्यक्रमा बिच मनाङकि भुमिका गुरूङ्लाई हस्तान्तरण गरिएको हो।उक्त सहयोग गरेको रकम सम्बन्धित वडाकार्यलयको विपद व्यवस्थापनकोषमा जम्मा गरेर बाढी पहिरोले गर्दा समस्यमा परेका पिडितहरूलाई सहयोग गरिनेछ।

कार्यक्रमा बोल्दै  प्रमुख अतिथी जनप्रिय बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष तारी गिरी, बिशेष अतिथि क्याम्पस प्रमुखविरञ्जी गौतम तथा अतिथि साहायक क्याम्पस प्रमुख बेशराज बरालले विपद पर्दा गरेको सहयोग सानो ठुलो नहुने  जनप्रियका विधार्थीले गरेको यस सहयोगले राष्ट्रमा विपद पर्दा सबैजना सबै क्षेत्रबाट मिलेर अघि बढ्नुपर्ने कुराको सन्देश दिएको यो एकउदाहरणीय कार्य गरेकाले सम्पुर्ण विधार्थीलाई धन्यवाद व्यक्त गरे आउने दिहरूमा पनि पढाई सँगसँगै सामाजिक तथा रचनात्मकक्षेत्रमा अघि बढ्न पहल गरे उक्त कार्यक्रमको संचालन बि एस सचिब विनिश गुरूङले गरेका थिए।

 

Comments are closed.