📝📝अजित तिमिल्सिना
पोखरा, असार २
“छिटो छरितो न्याय सबैका लागि “भन्ने मुल नाराका साथ सचेतना जगाउने उद्देश्यले “समुदायमा अदालतल” कार्यक्रम अन्तर्गत उच्च अदालत पोखराको आयोजनामा जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरुका बिच कानुनी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस सन्चालन समितिका अध्यक्ष इन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उच्च अदालतका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल प्रमुख अतिथि थिए ।कार्यक्रममा विधार्थीहरु र पोखरा अदालतका न्यायाधीशहरूबिच विधार्थीहरका लागि थाहा पाउन पर्ने कानुनी व्यवस्था, ब्यबहारमा आई पर्ने कानुनी समस्या एवं समाधानको विषय, मानव अधिकार, मनोविज्ञानका विषयमा अन्तरक्रिया भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले कानुन भन्दा माथि कोही पनि नरहेको र आफुहरु सधैं न्यायको पक्षमा लड्ने प्रतिबद्धता जनाए। विद्यार्थीहरूमा रहेका कानुन सम्बन्धि कौतुहल मेटाँउदै समाजमा यस्ता कार्यक्रमहरूको आयोजनाले सबै समुदायमा कानुन सम्बन्धित रहेका नकारात्मक भ्रमहरूलाई उखेल्न सहयोग गर्ने जानकारी दिए र आफुहरु सधैं सुचना मैत्री कानुनमा जोड दिने बताए।

त्यस्तै क्याम्पस सन्चालन समितिका अध्यक्ष इन्द्र बहादुर कुँवरले अहिलेको समयमा युवा विधार्थीहरुकै सक्रियता र जिम्मवारी बोेधले कानुनको पालनामा सहयोग पुर्याउने कुरामा जोड दिए। त्यस्तै विद्यार्थीहरूले आफुले जानेको कानुनी ज्ञान साटासाट गर्दै समाजमा हुने कानुन विपरीत कार्यहरूलाई न्युनिकरण गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा बोल्दै विधार्थी दिब्या न्यौपानेले कानुन सम्बन्धि रहेका विधार्थीका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने सम्पूर्ण पोखरा अदालतका न्यायाधीशहर र कार्यक्रम आयोजना गर्ने क्याम्पस परिवारलाई धन्यवाद व्यक्त गरिन्।
Comments are closed.