असार ३१,
📝अजित तिमिल्सिना
पोखरा स्थित सिमलचौरको जनप्रिय बहुमुखी क्याम्पसको बि.बि.ए सङ्कायमा गुरु पुर्णिमामाको अवसरमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। एसोसिएसन अफ बि बि ए स्टुडेण्ट (एबिएस) ले उक्त कार्यक्रम आयोजना गरेको हो ।

एबिएस अध्यक्ष राहुल कुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनप्रिय बहुमुखी क्यामसकका क्याम्पस प्रमुख विरञ्जी गौतमले गुरु र विद्यार्थीहरुको महत्वको विषय चर्चा गर्दै सबै विद्यार्थीलाई आशीर्वादका साथै उज्ज्वल भविष्यको कामना व्यक्त गरे। त्यस्तै कार्यक्रमको विशेष अतिथिमा क्याम्पस सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बराल, बलराम भट्टराई, भेषराज उपाध्याय र राजेन्द्र पौडेलको उपस्थित थियो। कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बरालले आफु गुरुहरू सधैं विद्यार्थीको हकहित चाहाने हुँदा सबै विद्यार्थीलाई आफुले सोचेको गन्तव्यमा पुग्न मेहनत गरेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा बोल्दै विशेष अतिथि मेख राज पौडेले विधार्थीहरुलाई सधैं सत्यको बाटो हिडन् प्रेरित गर्दै सबै विद्यार्थीलाई आफ्नो रुचि अनुसारको लक्ष्य तय गरेर आत्मविश्वासका साथ अघि बढ्न जोड दिए। गुरु पुर्णिमा विशेष कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । अन्तर सेमेष्टर हाजिर जवाफ प्रतियोगितामा, चित्रकला प्रतियोगिता तथा कक्षाकोठा सजावट प्रतियोगिता आयोजना भएको थियो। उक्त कार्यक्रमको सञ्चालन एबिएस सचिव अजित तिमल्सिनाले गरेका थिए।
Comments are closed.