जनप्रियमा दर खाने तथा साँस्कृतिक कार्यक्रम आयोजना ।

 

 

 

📝 अजित तिमिल्सिना

भदौ २३,

स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्यामपसले हरितालिका तिज तथा शिक्षा दिवसको अवसर पारेर दर खाने तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरूको महान चाड हरितालिका तीजको शुभकामना आदान प्रदान गर्नका साथै विद्यार्थीहरू विचको सामिप्यता बढाउनका लागि आयोजना गरिएको कुरा स्ववियु सभापति आशिक गुरुङले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य राखेर जनप्रिय स्ववियु उपाध्यक्ष किसान थापाले सबैलाई स्वागत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथीमा संघीय सांसद वृन्दा देवि रानाको उपस्थित थियो भने विशिष्ट अतिथिमा क्यामपस सन्चालक समितिका अध्यक्ष ईन्द्र बहादुर कुँवरको उपस्थिति थियो। त्यस्तै कार्यक्रममा बोल्दै क्यामपस प्रमुख बिरन्जी गौतमले स्ववियुले गरेको यस कार्यक्रम भिन्न खालको रहेको र यस्ता कार्यक्रमहरूको आयोजनाले विद्यार्थीले आफ्ना चाड पर्वको बारेमा बुझ्न पाउने कुरा व्यक्त गरे । त्यस्तै विश्व शिक्षा दिवसको कुरा राख्दै क्याम्पस सन्चालन समितिका अध्यक्ष इन्द्र बहादुर कुँवरले अहिलेको प्रतिस्पर्धाको युगमा किताबको ज्ञान भन्दा नि व्यवहारिक शिक्षाको आवश्यक रहेको कुरामा जोड दिए। विद्यार्थीहरूमा रहेको लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने र विद्यार्थीहरूलाई मनोरञ्जनका दिनका लागि कार्यक्रम सञ्चालन गरिएको कुरा स्ववियु सचिव ध्रुवराज अधिकारीले व्यक्त गरे।

कार्यक्रममा विधार्थीहरुले विभिन्न साँस्कृतिक कला झल्कने थुप्रै गीत तथा नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमको सन्चालन जनप्रिय स्ववियु सचिव ध्रुवराज अधिकारी र सहसचिव रञ्जता रेग्मीले सामुहिक रुपमा गरेका थिए ।

Comments are closed.