जनप्रियमा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न।

📝अजित तिमल्सिना

फाल्गुन २३

पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसमा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमजनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको थियो। कक्षा ११ ब्याचलर पहिलो वर्षमा भर्नाभएका करिब १२०० जना विद्यार्थीहरूले उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा विद्यार्थीलाई बधाई दिँदै स्ववियुसभापति आशिक गुरुङले विधार्थीलाई स्वागत गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्याम्पस संचालक समितिका अध्यक्ष तारा गिरिले सम्पूर्ण नवआगन्तुक विधार्थीलाई स्वागत गर्दैजनप्रिय बहुमुखी क्याम्पस मानित विश्वविद्यालय प्राप्त गर्न अग्रसर भएको यसका लागी सबैको साथ समर्थन जुटाई अघि बढ्नुपर्नेकुरामा जोड दिए।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि क्याम्पस प्रमुख विरञ्जी गौतमले नयाँ भर्ना भएर आएका विद्यार्थीहरूलाई क्याम्पस परिवारकोतर्फबाट स्वागत गर्दै सबै नवआगन्तुक विद्यार्थीलाई मेहनत गरेर पढेर आफ्नो सपनालाई साकार रुप दिन अनुरोध गरे। त्यस्तैविद्यार्थीहरूको साथ सहयोगले गर्दा नै जनप्रिय क्याम्पस नेपालमै उत्कृष्ट बन्दै गएको प्रति हर्ष व्यक्त गरे।

त्यस्तै कार्यक्रमका सभापति जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले सम्पूर्ण नवआगन्तुक विधार्थीलाई कियु मान्यता प्राप्त जनप्रिय बहुमुखी क्याम्पस विधार्थीको उत्कृष्ट सहि क्याम्पस छनोट गरेकोमा खुसी व्यक्त गर्दै नवआगन्तुकविधार्थीलाई शुभकामना सहित स्वागत गर्दै नेपाली विद्यार्थीलेनेपालमै पढौं, नेपालमै काम गरौं नेपाल बनाऔंभन्ने कुरामा जोड दिनअनुरोध गरे।

आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको विद्यार्थीहरुको साथ सहयोगले गर्दा नै आफ्नोस्ववियु कार्यकाल उत्साहजनक रहेको उदघोष गर्दै गुरुङले सबै विद्यार्थीलाई साथ सहयोगको लागि धन्यवाद दिए।

सभापति आशिक गुरुङले स्ववियु निर्वाचनले विधार्थी राजनीतिमा ठुलो सहयोग पुर्‍याउने कुरा व्यक्त गर्दै फाल्गुन १४ मै  स्ववियु निर्वाचनहुने कुरामा आफू विश्वस्त रहेको जानकारी दिए।

स्वतन्त्र विद्यार्थी युनियनको आयोजकत्वमा सम्पन्न कार्यक्रममा विधार्थिले मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमकोसन्चालन स्ववियु सचिव ध्रुवराज अधिकारीले गरेका थिए। कार्यक्रमा क्रियाशील विधार्थी संघठनका विधार्थी नेताहरूले शुभकामनामन्तव्य व्यक्त गरेका थिए। स्ववियु उपाध्यक्ष किसान थापाले शुभकामना मन्तव्य दिँदै सम्पूर्ण विधार्थीलाई स्वागत गरेका थिए

त्यस्तै स्ववियु सदस्य सबिना तिमिल्सिनाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्तगरिन्।

Comments are closed.