पोखरा
चैत १
📝अजित तिमिल्सिना
पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु दोस्रो वार्षिक उत्सव तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको थियो। नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्तीर्ण विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र साइलीका कलाकारहरुको उपस्थित थियो। त्यस्तै मिस नेपाल २०१८ श्रिङ्खला खतिवडा प्रमुख आकर्षण थिईन। कार्यक्रममा थुप्रै विधार्थिले मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्यामस सन्चालन समितिका अध्यक्ष इन्द्र बहादुर कुँवरले नवआगन्तुक विद्यार्थीले सहि र उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा खुसी व्यक्त गर्दै नवआगन्तुक विद्यार्थीलाई शुभकामना सहित स्वागत गरे। यस्तै प्रमुख अतिथि कुँवरले उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई बधाई दिंदै उज्ज्वल भविष्यको कामना व्यक्त गरे। त्यस्तै विशेष अतिथि क्याम्पस प्रमुख विरञ्जी गौतमले नयाँ भर्ना भएर आएका विद्यार्थीहरूलाई क्याम्पस परिवारको तर्फबाट स्वागत गर्दै सबै नवआगन्तुक विद्यार्थीलाई मेहनत गरेर पढेर आफ्नो सपनालाई साकार रुप दिन अनुरोध गरे। त्यस्तै विद्यार्थीहरूको साथ र सहयोगले गर्दा नै जनप्रिय क्याम्पस नेपालमै उत्कृष्ट बन्दै गएको प्रति हर्ष व्यक्त गरे। आजका विधार्थी नै भोलिका दिनमा देशको मेरुदण्ड भएकाले सबै विद्यार्थीलाई मेहनत गरेर अघि बढ्न आग्रह गरे।
कार्यक्रमको सन्चालन स्ववियु सचिव ध्रुवराज अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै सचिव ध्रुवराज अधिकारीले सम्पूर्ण आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विधालयमा केही कमि कमजोर भएमा आफुलाई जानकारी दिन आग्रह गरे र उत्तीर्ण भएका विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना व्यक्त गरे। विधार्थीलाई पढाइ बाहेक अन्य मनोरञ्जनात्मक क्रियाकलाप पनि आवश्यक पर्ने हुनाले आफुले नेपालका ख्याति प्राप्त कलाकारहरूलाई निमन्त्रणा दिएको आशिक गुरुङले उदघोष गरे । त्यस्तै उच्च शिक्षका लागि बिदेश जाने विधार्थीहरुको सङ्ख्या बढ्दै गएको दुख व्यक्त गर्दै सम्पूर्ण उत्तीर्ण विद्यार्थीलाई नेपालमै पढेर आफ्नै भुमिमा उच्च शिक्षा हासिल गर्न आग्रह गरे।आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नो दुई वर्षे कार्यकाल उत्साहजनक रहेको उदघोष गर्दै गुरुङले सबै विद्यार्थीलाई साथ र सहयोगको लागि धन्यवाद दिए। सभापति गुरुङले स्ववियु चुनावले नयाँ नयाँ व्यक्तित्वहरूको बिकास हुने हुँदा छिट्टै नै स्ववियु निर्वाचन हुने कुरामा आफू विश्वस्त रहेको जानकारी दिए।

Comments are closed.