जनप्रियमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।

मंसिर २९

📝अजित तिमिल्सिना

पोखरा स्थित सिमलचौरको जनप्रिय बहुमुखी क्याम्पसको बि.बि.ए बि.आई.एम सङ्कायमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्तीर्ण विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ। एसोसिएसन अफ बि.बि.ए बि. आई. एम. स्टुडेण्ट (एबिएस) ले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

एबिएस अध्यक्ष राहुल कुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जनप्रिय बहुमुखी क्यामसका क्याम्पस प्रमुख विरञ्जी गौतम थिए। त्यस्तै विशेष अतिथिमा जनप्रिय बहुमुखी क्याम्पसका तिन जना सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बराल, भेषराज उपाध्याय, राजेन्द्र पौडेल र बि.बि.ए बि.आई.एम कार्यक्रम संयोजक मेघराज पौडेलको उपस्थित थियो ।

स्वागत बिदाई कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नवआगन्तुक पहिलो सेमेष्टरका विधार्थीहरुलाई खादा लगाई स्वागत गरिएको थियो भने उत्तीर्ण बिदाई हुने टोलीलाई क्याम्पस परिवारको तर्फबाट मायाको चिनो हस्तान्तरण गरिएको थियो। त्यस्तै क्याम्पसको अतिरिक्त क्रियाकलापतर्फ विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडलका साथ सम्मानित गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्यामस प्रमुख बिरञ्जी गौतमले सम्पूर्ण नवआगन्तुक विद्यार्थीले सहि र उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा खुसी व्यक्त गर्दै नवआगन्तुक विद्यार्थीलाई शुभकामना सहित स्वागत गरे। यस्तै प्रमुख अतिथि गौतमले उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई बधाई दिंदै उज्ज्वल भविष्यको कामना व्यक्त गरे।।

त्यस्तै सबै विशेष अतिथिहरुले नयाँ भर्ना भएर आएका विद्यार्थीहरूलाई क्याम्पस परिवारको तर्फबाट स्वागत गर्दै सबै नवआगन्तुक विद्यार्थीलाई मेहनत गरेर पढेर आफ्नो सपनालाई साकार रुप दिन अनुरोध गरे। त्यस्तै विद्यार्थीहरूको साथ र सहयोगले गर्दा नै जनप्रिय क्याम्पस नेपालमै उत्कृष्ट बन्दै गएको प्रति हर्ष व्यक्त गरे। आजका विधार्थी नै भोलिका दिनमा देशको मेरुदण्ड भएकाले सबै विद्यार्थीलाई मेहनत गरेर अघि बढ्न आग्रह गरे।
उक्त कार्यक्रमको सञ्चालन एबिएस सचिव अजित तिमल्सिनाले गरेका थिए।

Comments are closed.