जनप्रियमा स्वागत विदाई तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न।
📝अजित तिमिल्सिना
पोखरा, १३ भदौ
पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसमा स्वागत – विदाई तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको थियो। कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ उत्तीर्ण विद्यार्थीलाई स्वागत गर्नुका साथै क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको जनप्रिय स्ववियु सभापति आशिक गुरुङले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्यामस सन्चालन समितिका अध्यक्ष इन्द्र बहादुर कुँवरले नवआगन्तुक विद्यार्थीले सहि र उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा खुसी व्यक्त गर्दै नवआगन्तुक विद्यार्थीलाई शुभकामना सहित स्वागत गरे। यस्तै प्रमुख अतिथि कुँवरले १२ कक्षा उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई बधाई दिंदै उज्ज्वल भविष्यको कामना व्यक्त गरे। त्यस्तै विशेष अतिथि क्याम्पस प्रमुख विरञ्जी गौतमले नयाँ भर्ना भएर आएका विद्यार्थीहरूलाई क्याम्पस परिवारको तर्फबाट स्वागत गर्दै सबै नवआगन्तुक विद्यार्थीलाई मेहनत गरेर पढेर आफ्नो सपनालाई साकार रुप दिन अनुरोध गरे। त्यस्तै विद्यार्थीहरूको साथ र सहयोगले गर्दा नै जनप्रिय क्याम्पस नेपालमै उत्कृष्ट बन्दै गएको प्रति हर्ष व्यक्त गरे। साथै १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई अबको उच्च शिक्षाको गन्तव्य फेरि जनप्रिय क्याम्पसबाटै सुरुवात गर्न आग्रह गरे।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजकत्वमा सम्पन्न कार्यक्रममा पोखराको चर्चित साँगितिक ब्याण लक्ष्य ब्याण ले विद्यार्थीहरूका लागि थुप्रै साँगितिक कोसेली प्रस्तुत गरेको थियो। कार्यक्रममा थुप्रै विधार्थिले मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमको सन्चालन स्ववियु सचिव ध्रुवराज अधिकारी र सहसचिव रञ्जता रेग्मीले सामुहिक रुपमा गरेका थिए। त्यस्तै कार्यक्रममा बोल्दै स्ववियु सभापति आशिक गुरुङले सम्पूर्ण आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विधालयमा केही कमि कमजोर भएमा आफुलाई जानकारी दिन आग्रह गरे र उत्तीर्ण भएका विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना व्यक्त गरे।
Comments are closed.