जनप्रिय क्याम्पसमा तीनदिने प्राज्ञिक लेखन गोष्ठी सम्पन्न

पोखरा–५, भाद्र
जनप्रिय बहुमुखी क्याम्पस शिक्षा शिक्षण विभाग पोखराले तीन दिने प्राज्ञिक लेखन
सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
भदौ ३ गतेबाट सुरु भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले यस प्रकारका प्राज्ञिक गोष्ठी सांलनका लागि क्याम्पसले जुनसुकै सहयोग गर्न तयार रहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने धारणा राखे । विषय विज्ञ एवं सहजकर्ताका रुपमा अंग्रेजी तथा वैदेशिक भाषा विषय समितिका अध्यक्ष प्रा.डा.बाल मुकुन्द भण्डारीले विभगमा प्राध्यापक तथा वि.एड चौथो वर्षका विद्यार्थीका लागि अनुसन्धान पत्र लेखन सम्बन्धी कार्यशाला गोष्ठीका सहजकर्ताको भूमिका निभाउँदे अनुसन्धान तथा सिकाई निरन्तर रुपमा उमरिने ज्ञानको खोजी हो भन्ने तथ्यलाई उदाहरणसहित प्रष्ट पारेका थिए । तीन दिने कार्यशाला गोष्ठीलाई हरेक दिन दुई संघमा विभाजन गरी विभागमा आवद्ध शिक्षक तथा विद्यार्थीका लागि अनुसन्धान शीर्षक चयनदेखि समस्याकथन, उद्देश्य कथन, शोध विधि निर्धारण, तथ्याङ्क संकलन तथा प्रतिवेदन लेखन लगायत विषयका शिक्षक विद्यार्थीबीच सहकार्यमूलक सिकाई गरिएको थियो । कार्यक्रम विद्यार्थीलाई व्यक्तिगत तथा सामूहिक कार्य गरी प्रस्तुतीकरण तथा पृष्ठपोषणजन्य सिकाई कार्यकलाप गराइएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय श्री भेषराज उपाध्याय तथा श्री कृष्ण बाबु बरालले विभागद्वारा आयोजित यस प्रकारका अनुसन्धान गोष्ठीले हर समस्याको समाधान गर्न विद्यार्थीलाई सहयोग मिल्ने धारणा राखेका थिए । कार्यक्रममा सह प्रा.डा. नवराज न्यौपाने, उप प्रा.डा. बिजया आचार्य उप प्रा. विष्णुप्रसाद शर्मा तथा उप प्रा.कृष्ण प्रसाद त्रिपाठीले अनुसन्धान गोष्ठीको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीको सिकाईमा सहजीकरणको भूमिका निभाएका थिए । कार्यक्रममा सोनी श्रेष्ठ र उमेश यादव तथा धनमाया पाण्डे र निरुमाया लामिछानेले गोष्ठीमा पाएको अनुभव तथा आफ्नो प्रतिभा सुनाएका थिए । विभागीय प्रमुख उप प्रा.डा. श्री गोविन्द प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उप प्रा. विश्वराज वास्तोलाले गरेका थिए । क्याम्पसले हरेक वर्ष वि एड चौथो वर्षका विद्यार्थीलाई लक्षित गरी प्राज्ञिक गोष्ठी गर्दै आएको क्याम्पसका सहायक प्रशासक एक नारायण अर्यालले बताएका छन् ।

Comments are closed.