जनप्रिय टोलमा खानेपानी ट्यांकी

 

पोखरा, २५ पुस  ः पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिकाको रु सात लाख ९६ हजार ५०० र आमा समूहको रु ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी पवित्रादेवी गुरुङले बताउनुभएको छ ।सो ठाउँको १३ आना एक पैसा १३ दाम सार्वजनिक जग्गामा १० हजार लिटरको पानी ट्यांकी र पुरुष र महिलाका छुट्टाछुट्टै शौचालय निर्माण गरिएको हो । पानी ट्यांकीको निर्माणपछि जनप्रिय टोलका एक हजारभन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सोमबार यहाँ आयोजित एक कार्यक्रममा खानेपानी ट्यांकी र सार्वजनिक शौचालयको उद्घाटन गर्नुभएको थियो ।जनप्रिय आमा समूहकी अध्यक्ष पवित्रादेवी गुरुङकै अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाजका अगुवा रामबहादुर पौडेल, इन्द्रमाया बानियाँ, सम्मरबहादुर श्रेष्ठ, मोहनप्रसाद गुरुङ र नरदेवी गुरुङलगायतका वक्ताले पनि मन्तव्य व्यक्त गर्नुुभएको थियो ।(रासस)

Comments are closed.