जनप्रिय बहुमुखी क्याम्पसमा नयाँ ए. बि. एस गठन।


माघ १६,
📝अजित तिमिल्सिना
पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसको बि.बि.ए सङ्कायमा एक कार्यक्रमका बीच नयाँ ए. बि. एस (ABS) गठन भएको छ। राहुल ठाकुरको अध्यक्षमा १२ सदस्य समिति गठन गरिएको छ। क्याम्पस प्रमुख विरञ्जी गौतम र स्ववियु सभापति आशिक गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।
बुधबार एक समारोहका बीच निवर्तमान अध्यक्ष पारश पोख्रेलले ए बि एसको जिम्मेवारी राहुल ठाकुरलाई हस्तान्तर गर्दै आउने दिनहरूको सफलताका लागि शुभकामना व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले निवर्तमान अध्यक्ष पारश पोख्रेलले आफ्नो जिम्मेवारी कुशल ढङ्गले पुरा गर्न सफल भएकोमा बधाई र आउने दिनहरूका सफलताका लागि शुभकामना व्यक्त गर्दै नयाँ गठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। स्ववियु सभापति आशिक गुरुङले जनप्रिय बहुमुखी क्याम्पसको बि.बि.ए नेपालकै उत्कृष्ट रहनुमा ए बि एसको ठुलो योगदान रहेको कुरा बताउँदै नयाँ ए. बि एसलाई शुभकामना व्यक्त गरे।
जनप्रिय बहुमुखी क्याम्पस बि.बि.ए को संगठन ए बि एसको नव निर्वाचित कार्य समितिका सबै सदस्यहरू यस प्रकार छन्।

अध्यक्ष : राहुल ठाकुर
उपाध्यक्ष : सुजन ढुङ्गाना
सचिव : अजित तिमिल्सिना
सहसचिव :बिराज आचार्य
कोषाध्यक्ष : अस्मिता अधिकारी
सदस्यहरू : १) निशा गुरुङ २) संगिता भण्डारी ३)अस्मिता कार्की ४)श्रद्धा पराजुली ५)बिनिश गुरुङ ६)सुवास बराल ७)प्रतिभा के. सि

Comments are closed.