जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइजको फाइनल चरणको तयारी पुरा ।


पोखरा
हटलाइन

✍️अजित तिमील्सिना

पोखराको सिमलचौर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइज प्रतियोगिताको फाईनल राउण्डको  तयारी पुरा भएको छ। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने यो कार्यक्रम जनप्रियक्याम्पसमा पहिलो पल्ट आयोजना भएको प्रतियोगितामा सहभागी टिमहरू मध्धे  उत्क्रृष्ट १० मा पर्न सफल रहेका टिमले फाईनल चरणमा प्रतिस्पर्धा गर्दै छन्।

जनप्रिय बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थी दिब्या न्यौपाने  हल्ट प्राइजजनप्रिय क्याम्पस  निर्देशक रहेकि  छिन् ।उनका अनुसार आयोजक कमिटी  आफुहरू कार्यक्रमको फाइनल राउन्ड आयोजना गर्नका लागी तयार रहेको जानकारी दिईन

जनप्रिय बहुमुखी  क्यामपसका क्यमम्पस प्रमुख बिरन्जी गौतमका अनुसार  क्यामपसले   उत्कृष्ट १०मा पर्न सफल टिमहरूलाई  बुष्ट अपका निम्ति विशेष तालिम प्रदान गरेको बताए विधार्थी भाई बहिनीहरूको बिजनेस प्लानलाई कसरी अझै शसक्त पार्न सकिन्छ भन्ने सोचले विभिन्न ट्रेनिङ्गहरू संचालन गरेको आफुहरू फाईनल राउण्ड आयोजनाका लागि तयार रहेको बताए

यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्तराष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ विजेता हुनेविद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ। बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्। हल्ट प्राइजफाउण्डेशनको सहकार्यमा  यो प्रतियोगिता सञ्चालन हुन्छ। 

यस वर्ष हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको थिमफुड फर गुडरहेको छ। लाखौ मानिसलाई प्रभाव पार्न सक्ने नविनविचारहरुलाई विश्वव्यापी प्रतिस्पर्धा गराई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशिलता प्रवर्द्धनमा लगाउने उद्देश्यले विश्वका १५० भन्दाबढी देशमा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने गरेको छ।

Comments are closed.