जनप्रिय बहुमुखी क्याम्पसका बि•बि•ए विधार्थी नेपालभरी नै उत्कृष्ट जिपिए ल्याउन सफल।

पोखरा हटलाइन

✍️अजित तिमील्सिना

पोखराको सिमलचौर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसका बिबि संकायका  दुई विधार्थी त्रिभुवन विश्वविद्यालयले लिने सेमेष्टर परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै नेपाल टप गर्न सफल भएका  छन्।

जनप्रियमा बिबि संकाय अन्तर्गत तेस्रो सेमेष्टरको परीक्षामा दुई विधार्थी अस्मिता रेग्मी  सलोनी बुद्धाचार्यले   .९९ जिपिए ल्याएर नेपालमै उत्कृष्ट हुन सफल भएका छन् त्यस्तै अर्का दुई विधार्थी बिधान अधिकारी निशा ढकालले .९८ जिपिए ल्याएर नेपालभरी नै दोस्रो हुन सफल भएका छन्।

शिक्षकको काम प्रतिको लगनशीलता तथा विद्यार्थीको मेहनतका कारण क्याम्पसको उत्कृष्ट नतिजा आउन सफल भएको जनप्रियबहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतमले बताए त्यस्तै जनप्रियको बिबि संकाय नेपाली भरी नै सबै भन्दा धेरै बिद्यार्थीहरुको रोजाईमा पर्ने गरेको जानकारी दिए।

शुक्रवार सार्बजनिक  भएको नतिजामा .९९ जिपिए  सहित देशभरमै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको   जनप्रिय बिबि  संकायका प्रमुख मेखराज पौडेलले जानकारी  दिए उत्तीर्ण सम्पुर्ण विधार्थीलाई बधाई व्यक्त गरे

त्यस्तै  जनप्रिय  बिएस  संगठनका सचिब बिनिश गुरूङले  बिबि संकायबाट सर्वोत्कृष्ट नतिजा प्राप्त भएकोमा क्याम्पसशैक्षिक शान बढेको बताए कलेजको पढाउने वातावरण , शिक्षकहरूको मार्ग दर्शन विधार्थीको मेहनतले गर्दा नै जनप्रिय सधै नेपालको उत्कृष्ट हुन सफल भएको  बताए।

 

Comments are closed.