जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइज आयोजना हुने ।

पोखरा हटलाइन

✍️अजित तिमील्सिना

पोखराको सिमलचौर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा    

हल्ट प्राइज प्रतियोगिता सञ्चालन हुने भएको छ।

विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने यो कार्यक्रम जनप्रिय क्याम्पसमा पहिलो पल्ट हुन लागिरहेको

यसको लागि जनप्रिय बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थी दिब्या न्यौपाने  हल्ट प्राइजजनप्रिय क्याम्पस  निर्देशक छनोट समेतभइसकेकि छिन्। उनका अनुसार आयोजक कमिटी पनि गठन भैसकेको आफुहरू कार्यक्रम आयोजना गर्नका लागी तयार रहेकोजानकारी दिईन

यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्तराष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ विजेता हुनेविद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ। बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्। हल्ट प्राइजफाउण्डेशनको सहकार्यमा  यो प्रतियोगिता सञ्चालन हुन्छ। 

जनप्रिय कलेजमा आयोजना हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको लागि आवेदन छिट्टै नै  खुल्ला गरिने उक्त कलेजले बताएको छ।प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले देखि जनासम्मको समूह बनाइ सहभागी हुन सक्ने छन्।

यसरी दर्ता भएको समूहलाई दिइएको समस्या समाधानको उपाय प्रस्तुत गर्नुपर्छ। प्रतियोगीले प्रस्तुत गरेको समस्या समाधानकोउपायलाई निर्णायकले मुलयांकन गरी विजेता छनौट गरिन्छ।

यस वर्ष हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको थिमफुड फर गुडरहेको छ। लाखौ मानिसलाई प्रभाव पार्न सक्ने नविनविचारहरुलाई विश्वव्यापी प्रतिस्पर्धा गराई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशिलता प्रवर्द्धनमा लगाउने उद्देश्यले विश्वका १५० भन्दाबढी देशमा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने गरेको छ।

अहिलेको अवस्थामा विश्वव्यापी माहामारी रूपपा फैलिएको कोभिड भाईरसका कारण कार्यक्रम भर्चुयल्ली गरीने अवस्था सामान्य भएक्याम्पसमै हुने भनिएको

Comments are closed.