जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग


पोखरा, १२ चैत ।
अन्नपूर्ण गाउँपालिका  मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ । जिर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।
समाजका पूर्व अध्यक्ष बुद्धि गुरुबले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुबलाई संकलित सो रकम हस्तान्तरण गरे । रकम ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक बाबुराम सापकोटाले सहयोगको लागि धन्यवाद प्रकट गरे । उनले विगतमा समेत घान्द्रुकबासीले उक्त विद्यालयको संरक्षणकै लागि सहयोग
गर्दै आएको स्मरण गर्दै उदाहरणीय कार्य गरेको धारणा राखे । उनका अनुसार उक्त विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउदै आएका छन् । यसैगरी घान्द्रुक समाज जापानका पूर्व अध्यक्ष बुद्धि गुरुबले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले सो विद्यालयको संरक्षणका लागि मात्र नभई सिब्गो गाउँ विकासको लागि सबैव सहयोग जुटाउने बचव दिए । यसअघि सो
विद्यालयकै लागि घान्द्रुक समाज हबकब, घान्द्रुक समाज बेलायत र घान्द्रुक समाज पोखराले आर्थिक सहयोग गरिसकेको छ ।

Comments are closed.