पोखरा ११ साउन । कास्की निर्वाचन त्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा ९ शान्तिवनमा ढल तथा स्ल्यावको निर्माण कार्य सम्पन्न भएको छ ।
पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९० हजार तथा २ लाख ४८ हजार १ सय ८०को स्थानीय जनश्रमदान १० लाख ४० हजार ३ सय ३६को लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले ढल तथा स्ल्याबको उद्घाटन गर्दै समुदाय स्तरको सचेतना र अपनत्वमा भएको विकास दिगो र प्रभावकारी हुने बताइन् । भूमिहिन सुकुम्बासी लगायत आधारभुततहका जनता बसोबास रहेको क्षेत्रको विकास निर्माणमा राज्यको ध्यान पुग्नु पर्ने उल्लेख गर्दे उपसभामुख शर्माले सुकुम्बासीको आयोग बनेको अवस्थामा सुकुम्बासीको पक्षमा काम गर्ने विश्वास व्यक्त गरिन् ।
गण्डकी प्रदेशसभाका सदस्य रामजी बरालले प्रिय नेता रवीन्द्र अधिकारीको सपना पूरा गर्न प्रतिनिधिसभाका सदस्य विद्या भट्टराई लागि परेको बताउँदै उनले स्थानीय समुदायको सक्रियता र जनप्रतिनिधीहरुको पहलमा विकास निर्माणको काम भएको उल्लेख गर्दै अव लामो समयसम्म भूमीहिन र सुकुम्बासी नरहने दावी गरे ।
क्षेत्री समाज नेपालका अध्यक्ष तथा प्राडा दिलबहादुर क्षेत्रीले जहाँ आवश्यकता त्यहाँ विकास निर्माण लैजानु पर्ने सुझाव दिँदै टोलवासीहरुले आफ्नो काम आफै गर्नुपर्नेमा जोड दिए ।
शान्तिवन ढल तथा स्ल्याब निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर ९का सदस्य राममाया मानन्धर, निर्माण अनुगमन समितिका संयोजक प्रकाश शर्मा, निर्माण समितिका कोषाध्यक्ष पुर्खबहादुर मगर लगायतले बोलेका थिए ।
Comments are closed.