जबरजस्ती करणी अभियोगमा पक्राउ

 

दाङ,

                 ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ हस्तनापुर बस्ने ४४ वर्षीय कमल बहादुर वलीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वलीले ती महिलालाई गत फागुन ६ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.