जब ६ बज्छ चिप्लेढुङ्गा सुनसान हुन्छ

moti bhujel-मोती भुजेल
‘के सारो गर्मी हो पोखरामा पनि’ पूर्व धरान जन्म थलो भएपनि विगत दस बर्षदेखि पोखरालाई कर्मथलो बनाईरहनु भएका राम राईले मोटरबाइक रोकेर हात मिलाउदै भने । ‘हो दाजु सारो पो छ त हो ।’ अर्का मित्रले थपे उहाँ पनि पूर्वकै पर्नुभएछ । हो बिगतका बर्षमा भन्दा यस बर्षको ग्लोबल वार्मिङ्गमा परिवर्तनहरु धेरै नै आइरहेको छ । नेपालको सर्वाधिक पानि पर्ने ठाउँ पोखरामा त यस्तो गर्मि छ भने अन्यत्र गर्मीले के हाल बनायो होला ? अड्कल गर्न पनि गाह्रो छ । छिन छिनको मौसम परिवर्तनले पनि पोखरामा अड्कल गर्नै नसकिने मौसम केही दिनयता देखिएको छ । सबैले महसुस गरेकै कुरा हो । छिनमै चर्को घाम लाग्ने, छिनमै आकास बदली भई तुरुन्तै घनाघोर बर्षा हुने केही छिन्को लागी । यस्तै बेमौसमी मौसमले गर्दा लालीगुराँस टोलकी लक्ष्मी गुरुङ्ग दिनहुँ बजार जान छाडेकी छन् । हप्तामा एकदिन सपिङ्ग गर्ने र बाँकी दिन सामाजिक सेवामा लगाउने गर्छिन् । घर सरसफाईका समान, खाध्यान्न लगायत तरकारी फलफुल लिन अरुदिन जस्तै गत बुधबार पनि उनि अम्मरसिंह चोकबाट माइक्रो चढिन् ।
‘दिदी कहाँ सम्म ल भाडा मिलाउनुस ।’
‘भाई म चिप्लेढुङ्गा बिपी चोकमा झर्छु ।’
अमरसिंह चोकबाट दस बाह्र ठाउँमा यात्रु ओराल्दै उकाल्दै आधी घण्टामा माइक्रो चिप्लेढुङ्गा पुग्यो । लक्ष्मी गुरुङ्ग बिपी चोक झरिन् । अचम्ममा परिन् आँफुले आँफैलाई सोधिन आज शनिबार त होइन, र कुनै हड्ताल पनि । किन यति चाँडै बजार बन्द भयो ? बिपी चोकदेखि सिद्धार्थ चोकसम्म हिँडेर हेर्दै जाने र फर्किदा किनमेल गर्ने आवश्यकताको रहर पुरा भएन । किन होला ?
बिपी चोकदेखि सिद्धार्थ चोकसम्मको दुरी ६०० मिटर छ । दोहोरो तर्फ गरी लगभग १०० सटरहरु छन् । ती सटरहरुमा हरेक किसिमका ब्यबसायहरु संचालनमा छन् । बैंक तथा बित्तीय संस्था, सहकारी, डिपार्टमेन्टल स्टोर्स, भांडा पसल, किराना पसल रेडिमेट तथा फेन्सी पसल, सुनचाँदी पसल, स्टेसनरी पसल, फ्रेस हाउस, इलेक्ट्रीक पसल, रेस्टुरेन्ट साथै प्राय हरेक किसिमका पसलहरु छन् । तर, अपबाद भैदियो के भने १०० सटरमा ५० जति सुनचाँदी पसल भए अन्य केहि सटरहरु बन्द नै छन् ।
सुनचाँदी पसलहरु बिहान १० बजे खुल्छन् । बेलुका ५ बजे नै बन्द हुन्छन् । हो , बहुमुल्यबस्तु सुरक्षाको दृष्टी कोणले गर्दा खाद्यान्न पसल जस्तो बिहान चाँडै र बेलुका अबेरसम्म खोल्न मिल्दैन होला । तर, ढिलो खोलेर चाँडै बन्द गर्दा बजार सिङ फुस्केको गोरु जस्तो हुन्छ । बिहान १० बजे अगाडी र बेलुका ६ बजेपछि अफिस छुटेर आउने सरिता अचेल चिप्लेढुंङ्गा जानै छाडिन् । किन, भन्ने प्रश्नमा उनि भन्छिन् ‘पहिला जस्तो छैन चिप्लेढुंङ्गा बिहान अफिस जाँदा पनि बन्द नै हुन्छ बजार । बेलुका अफिसबाट फर्किदा पनि बन्द नै देख्छु । खुल्छ कि खुल्दैन थाहा नै छैन ।’
यसरी बजार खुल्ने समयसम्म पनि बजार नखुल्दा मार्केट डाउन हुँदै जान्छ । बजार विस्तार र ग्राहक चहलपहल गराउन घर बेटीको पनि हात हुन्छ । आफ्ना ४ वोटा सटर छन् भने छुट्टाछुट्टै किसिमका व्यापर गर्नेलाई दिनुपर्छ । न कि दुबै एउटै भए भने व्यापारमा कमि हुन्छ र भनेको बेलामा भाडा बुझाउन पनि सक्दैनन् । यस्तो प्रकृतिको बजार बिहान आठ बजेदेखि बेलुका ७ बजेसम्म खुल्नु जरुरी छ भन्ने लाग्छ । लक्ष्मी गुरुङ्ग जस्तै अन्य ग्राहकको पनि सपिङ्ग गर्ने रहर र आवश्यकता पुरा हुन सकेको छैन । बत्तीहरु निभीसकेका हुन्छन् । एक दुइ पसलहरु मात्र खुलेका देखिन्छन् । अँध्यारो हुँदै जाँदा सुनसान लाग्छ । चिप्लेढुंङ्गा होइन जस्तो । भन्ने बेलामा पोखराको मुटुमा अबस्थित व्यवसाय भन्ने अनि मुटु नै बन्द गरेर के गर्दै छन् त ? सुन चाँदीको व्यवसाय भनेको मौसम अनुसारको हुने व्यापार हो जहाँ दैनिक किनबेच कम हुन्छ । भाउ घटेको बेलामा ग्राहकले मागेजति सुन खरिद गर्न पाउँदैनन् र बढेको बेलामा स्वत बिक्री कम हुन्छ । सुनचाँदी पसलहरु बजारमा छ्यापछ्याप्ती खुलेका छन् । आखिर के रहस्य छ, यो सुन चाँदी पसलमा । खुल्दै र बन्द हुँदै पनि छन् । खोल्नेले घरबेटीलाई महँगो भाडा संगै धेरै रकम एड्भान्स दिने हुँदा घरबेटीहरु पनि सकभर सुनचाँदी पसले नै आइ दिए हुन्थ्यो भन्ने गर्दापनि अन्य व्यापारीहरुलाई गाह्रो हुँदै गएको छ । सुनचाँदी पसलको ठाउँमा अन्य व्यवसाय गर्न जो कोही आउन पनि नसक्ने । कोही न कोही सुनचांदी व्यवसायी नै आउने महँगो भाडा तिर्ने र धेरै रकम एड्भान्स दिने । महँगो डेकोरेसन गर्ने । पसल खोलेको भोलिपल्टबाटै एउटा कागती र सातवोटा खुर्सानी उनेर ढोकामा झुन्ड्याउने खालको व्यावसाय गर्नले पनि साेंच विचार गरेर लगानी गर्दा जोखिम कम हुन्छ जस्तो लागेको छ । समयमा पसल खोल्ने र बन्द गर्ने व्यापारिक धर्म र कर्तव्य पनि हो । यसले बजारको रौनक पनि दिने कुरामा दुई मत छैन ।

Comments are closed.